इन्डियन प्रिमियर लिग आइपीएलमा चेन्नइ सुपर किंग्सले तेस्रो पटक उपाधी हात पारेको छ ।

सेन वाटसनले कीर्तिमानी सतक बनाएपछि उसले उपाधी हात पारेको हो । आइपीएलको इतिहासमा फाइनलमा कुनैपनि खेलाडीले सतक हानेको यो नै पहिलो हो ।  मुम्बईको वानखडे स्टेडियममा भएको  फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजीत गरी चेन्नइले उपाधी हात पारेको हो ।

सनराइजर्स हैदरावादले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १८ दशमलव ३ बलमा २ विकेटको क्षतिमा पुरा  गरेको थियो । चैन्नईको जितमा अस्ट्रेेेलियाका पूर्व खेलाडी वाडसनले ५७ बलमा ८ छक्का र ११ चौका प्रहार गर्दै नट आउट १ सय १७ रन बनाए भने सुरेश रैना ३२ र अम्वाती राइडु १६ रनमा नट आउट भए । हैदरावादका सन्दीप शर्मा र कार्लोस ब्रेथवेटले १–१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङगरेको हैदरावादले ६ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो  । हैदरावादका लागि कप्तान केन विलियम्सनले ४७ रन बनाउँदा युसुफ पठानले नट आउट ४५ रन बनाएका थिए। त्यस्तै शिखर धवनले २६ रन , शकिव अल हसनले २३ रन र कार्लोस ब्रेथवेटले २१ रन बनाएका थिए ।

चेन्नइका लागि लुंगी निगिदी, शार्दुल ठाकुर, करण शर्मा, डुवान ब्राभो र रवीन्द्र जडेजाले एक–एक विकेट लिएका थिए । जितसँगै चेन्नइले भारु २० करोड जितेको छ ।

2,387 total views, 2 views today

तपाईको प्रतिक्रिया