तन्नेरी छोराले सानो मानिने अर्कै जातकी केटी भगाएको निहुँमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायत थापाकाजीहरूको पुख्र्याैली गाउँ धनकुटा मुगाका एक जोइपोइले केटी पक्षबाट बेस्सरी कुटाइ खानुपरेको छ ।
राई थरकी केटीकी आमाले छिमेकी र महिलाको एक हुल गुहारेर क्षेत्री थरका हुनेवाला सम्धी–सम्धिनीलाई घरमै गई भक्कुमार गोदेकी हुन् । शुक्रबार छोरी भगाएको थाहा पाएपछि पाख्रीबास–५ की हेमकुमारीले नयाँ सम्धी–सम्धिना धनबहादुर खड्का र खेमकुमारीलाई घरमै गएर आक्रमण गरेकी थिइन् । गाउँले भेला भएर झगडा छुट्याइएको थियोे ।

भगाउने केटो उमेश खड्का नयाँ दुलहीसँग एकदिने सुहागरात मनाएर हँसिलो खुसिलो मुद्रामा गाउँमै हाजिर भएपछि दुवैतिरका झगडिया सम्धी–सम्धिनालाई गाउँलेको पहल कदमीमा मिल्ने वातावरण बनाइएको थियो । गल्ती मनन गरेपछि प्रहरी कार्यालय पु¥याइएकी सम्धिनी र अस्पताल पु¥याइएका सम्धी–सम्धिनीलाई गाउँ फर्काएर मिलापत्र गराइएको छ । हेमकुमारीका श्रीमान् मलेसियामा छन् । – अम्बिका भण्डारी (जनआस्था साप्ताहिक)

4,009 total views, 2 views today

तपाईको प्रतिक्रिया