उत्तम पोख्रेल, बेलबारी /  बेलबारी नगरपालिकाले ५ बर्ष भन्दा मुनिका वालबालिकाहरुको पोषणस्थिति पत्ता लगाउन स्वास्थ्य कर्मीसहितको टोली नगरपालिका क्षेत्रका टोल टोलमा पठाएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख दुर्गा आचार्यले  वालवालिकाको अबस्था बुझ्न महिला स्वास्थ्य स्वयं सेविकाको टोली गाउँ गाउँमा पठाईएको बताए ।

त्यसैगरी निजि तथा सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई  एचआईभी एड्स सम्बन्धी जानकारी गराउने उद्देश्यले  बेलबारी नगरपालिकाले एक दिने कार्यशाला गोष्ठी गरेको छ ।

माध्यमिक तहमा अध्यन गर्ने बिद्यार्थीहरुलाई लक्षित गरी नगरपालिकाले गोष्ठी गरेको हो ।
बिशेष गरेर किशाेराबस्थामा रहेका बिद्यार्थीहरुलाई एचआईभी एडस सम्बन्धी जानकारी गराएको नगरपालिकाका स्वास्थ्य शाखाका सह समयोजक सन्तोष बिश्वकर्माले बताए ।

सन २०३० सम्म नेपाल सरकारले एचाआईभी एडसलाई हटाउने रणनिति लिएको छ, सह संयोजक विश्वकर्माले भने – ‘हामीले पहिलो चरणमा बिद्यार्थीसग गर्यो अब बिभिन्न निकायसंग छलफल गर्छौं ।’
नगरपालिकाका  प्रसासकीय प्रमुख गणेेश प्रसाद दाहालले भने – ‘हाम्रो अभियान भनेका रोगका कारण कोहि पनि थला परेर बस्नु नपरोस भन्ने हो, त्यसैले बिभिन्न ५ प्रकृतिका रोगीहरुलाई २५ हजार दिने निर्णय नगरपालिकाले गरेको छ ।’

2,842 total views, 2 views today

तपाईको प्रतिक्रिया