अम्बिका भण्डारी  / राजमार्गको निषेधित क्षेत्रमा ब्यापारिक सटर बनाएर बिबादित भएको बेला गत हप्ता मोरङको बेलबारीस्थित भगवती स्कुलमा गएका थियौं हामी एक दुइजना सन्चारकर्मी । हामी त्यहाँ जानुको तात्पर्य थियो सटर बिवादले उब्जाएका केही प्रश्न र स्कुलभित्रका प्रसासनिक काम कारबाहीको वास्तविकता बुझ्नु र उजागर गर्नु ।

हामीले शुरुमा स्कुलका प्रधानाध्यापक मान बहादुर खड्कालाई भेट्यौं । सटर विवादले अलि तनाव र बिवादमा रुमल्लिएका खड्कालाई हामीले विद्यार्थी संख्या, पुस्तकालय, कम्प्युटर प्रयोगशाला आदिको बारेमा सोध्यौं । उनले माथिल्लो तलामा सहायक प्रधानाध्यापकसंग भेटेर बुझ्न आग्रह गरे ।

त्यसैले हामी माथि गयौं । स्कुलका सबै शिक्षकहरुसंग अफिस कोठामा हामी पुग्यौं , सहायक प्र. अ. नारायण आचार्य त्यही कोठामै थिए । त्यसैले हामीले पहिले उनलाई कक्षा ५ सम्मका विद्यार्थीहरुको बिवरण माग्यौं । त्यस समयमा त्यहाँ भएका शिक्षकहरू अलि तिल्मिलाए जस्ता भए । एक दुई जना त अलि झिक्किएर प्रस्तुत हुन खोजे । हामीले सहजै प्रतिवाद गरेपछि त्यस्ता मास्टर साबहरु मुर्मुरिएर बाहिर निस्कए । त्यही बेला  नारायण सरले अलि अन्कनाउंदै त्यो बिवरण  गोरेलाल खवाससंग भएको बताए । मैले त्यसको प्रतिवाद गर्दै यो स्कुलको प्रधानाध्यापक गोरे कि तपाईं भनेर प्रतिप्रश्न गरें अनि जिम्मेवार शिक्षकको भन्दा तल्लो तहका  कर्मचारीको चुरीफुरी र चलखेलको चकरमा स्कुल फस्दै गएको भनी हुने गरेका बाहिरी टीका टिप्पणी सुनाइदिएं ।  सटर नबन्दै ब्यापारीहरुबाट गोरे मार्फत  पेश्की असुलिएको चर्चा बाहिर निकै चलेको थियो ।

 केहिबेरपछि विद्यार्थीको रेकर्ड भएका रजिस्ट्रर ल्याइयो । हामी हाजिरी पुस्तिका हेर्दै गयौ । रेकर्ड अनुसार कक्षा १ देखि  ५ सम्म सरदर डेढ दर्जन हाराहारी मात्रै विद्यार्थी रहेछन् । अर्थात् कुनै  कक्षामा सोह्र सत्र जना त कुनैमा बीस एक्काईस  जना मात्रै विद्यार्थी रहेछन् । हामीले अरु कक्षाको विद्यार्थी रेकर्ड पनि माग्यौं । कक्षा ६ देखि १० सम्म कुनैमा पचास साठी त कुनै कक्षामा सयभन्दा बढी  विद्यार्थी रहेछन् । आधारभुत तहमा विद्यार्थी अझै भर्ना भइ रहेको एक दुई जनाले स्पष्टीकरण दिइरहेका थिए  । त्यसपछि पुस्तकालयमा लामो समयदेखि पुस्तहरु अध्याबधिक नभएको बारेमा नारायण सरसंग सोध्यौं । उनले पुस्तक परिवर्तन हुन लागेकोले गत बर्ष नयाँ पुस्तक नल्याइएको स्विकार्दै हल्ला चलेजस्तो पुराना पुस्तक मात्र नभएको बताए ।

अझ के पनि खुल्यो भने पोहोर ब्यक्तिको घर बचाउन स्कुलको जग्गा मिचेबापत घरधनीले दिन कबुल गरेको पैसा अझै दिइसकेका रहेनछन् ।

त्यसपछि हामीले कम्प्युटर ल्याबबारे सम्बन्धित शिक्षकसंग जानकारी माग्यौं । उनले कक्षा ३ माथिका विद्यार्थीहरुलाइ ल्याबमा कम्प्युटर सिकाएको र कक्षा    देखि    सम्म कम्प्युटर कोर्षमै भएको बताए । त्यसपछि कम्प्युटर ल्याब देखाइयो । कक्षा १० सम्मका विद्यार्थीका लागि  प्लान नेपालले दिएका १० कम्प्युटर चालू अबस्थामा रहेछन् । तर बेलबारी क्याम्पस पनि  त्यहीँ  संचालन भएकोले कक्षाकोठाको अभाव भने प्रष्ट देखियो, जब कम्प्युटर कोठा कक्षा ११ र १२ का विद्यार्थीले प्रयोग गर्ने कम्प्युटर रुमको एक साइडमा देखियो ।

त्यसपछि मैले स्कुलको श्रीसम्पत्तिको विवरण मागें । त्यसमा पनि शिक्षकहरू अलि अल्मलिएजस्ता भए । प्रधानाध्यापक खड्का पनि त्यहीँ हुनाले उनलाई पनि ठ्याक्कै उत्तर दिन गार्‍हो नै परेझैं देखियो । केहिबेरपछि सहायक प्र. अ. नारायण आचार्यले स्कुल रहेको जग्गा बाहेक पुर्व बस स्टेसन नजिकै आठवटा सटर भएको स्थानमा १ रोपनी जग्गा भएको सुनाए । त्यहाँका सटर एक ठेकेदालाइ बार्षिक ९५ हजारमा मात्रै ठेक्का दिइएको रहेछ ।

स्कुलको अरु क्षेत्रमा पनि प्रसस्तै जग्गा रहेछ । अहिले पशु हटिया  लाग्ने क्षेत्रमा भएको स्कुलको ८ कट्ठा जग्गा भैंसी बाध्न प्रयोग भएको रहेछ । त्यसैगरी त्यसभन्दा अलि तल पनि ६ कठ्ठा जमीन रहेछ , जहाँ  सिसौ घारी छ ।

अन्ततिर स्कुलको पुर्वपट्टी पोहोर सडक बिस्तार गर्दा  बनाइएका ब्यापारिक सटरको कुरा उठ्यो । त्यो सुन्ने बित्तिकै शिक्षकहरु अलि जांगरिला देखिए । उनीहरूले खुलेरै त्यसबेला दलका नेताहरूले स्कुल प्रसासनलाइ थाहै नदिइ रातारात एक दुई जनाको घर बचाउनका स्कुलको जग्गा बाटोलाई बेचेर पैसाको सौदाबाजी गरेको आरोप लगाए । स्कुलका भएजति शिक्षकहरु बिरोधमा उत्रदा पनि दलिय निरंकुशताले जितेको भन्दै उनीहरूले आक्रोश पोखे ।

अझ के पनि खुल्यो भने पोहोर ब्यक्तिको घर बचाउन स्कुलको जग्गा मिचेबापत घरधनीले दिन कबुल गरेको पैसा अझै दिइसकेका रहेनछन् ।

 अरुले बोलेपछि अन्त्यमा हेडसर मानबहादुर खड्कालाई राजमार्ग किनारमा निर्माणाधीन सटर र पोहोर बनाइएको सटरबारे सोध्यौं । यसपाली बन्दै गरेको सटरको बिवाद ब्यबस्थापन समिति र बिरोध गर्नेहरुको संयुक्त बैठक बोलाएर भोलिपल्ट नैै टुुंगो लगाउने दाबी गरे । तर नगरपालिकाले भत्काउन निर्देशन दिएको एकहप्ता भैसक्दा पनि सटर  भत्काइएको छैैन ।  अर्को प्रसंगमा उनी बोले -’ पोहोर  स्कुलको जग्गा मिचेर सडक बनाएको बिरोध गर्दा  विवाद भएको हुनाले त्यो सडक निर्माण समितिका अध्यक्ष शेषराज ( घिमिरे) संग अझै बोलचाल छैन ।’   

त्यसपछि आफुहरुको योगदानको दलका नेताहरुले अबमुल्यन गरेको दुखेसो गर्दै अर्का एक शिक्षक जंगिए ” कस्तो दलिय निरंकुशता , हामीले त बोल्नै नहुने रे , पोहोर दुइटाको घर बचाउनकै लागि स्कुलको जग्गा मिचिएकोमा बिरोध गर्दा एक दुई जना  नेताले तिमी जागिरे हौ चुप लाग भन्दै हप्काए । “

4,618 total views, 14 views today

तपाईको प्रतिक्रिया