युवराज ठकुरी /केराबारी,मोरङ/ ठकुरीहरुको साझा संस्था ठकुरी समाज महासंघको दोस्रो १ नं.प्रदेश भेला जेठ ५गते इटहरी स्थित रिजाल पाटी प्यालेसमा भव्यता पुर्वक सम्पन्न भएको छ।
प्रदेश नं. १ अन्तर्गत रहेका उदयपुर ,मोरङ,झापा ,सुनसरी ,धनकुटा ,तेह्रथुम,इलाम जिल्लाभर बसोबास गरिरहेका ठकुरीहरुको बाक्लो उपस्तिथिमा भएको भेलामा ठकुरी समाज महासंघका उपाध्यक्ष तथा प्रदेश १ का संयोजक भगवती शाहीको सभापतित्व र डब्लुबिक्रम खान ठकुरीको सन्चालन रहेको थियो।
उक्त भेलामा प्रमुख अतिथि ठकुरी समाज महासंघका अध्यक्ष चन्द्रकुमार सिंह,विशिष्ट अतिथिहरुमा डिआइजी ज्ञानबहादुर शाह, वरिष्ठ उपाध्यक्ष खिमबहादुर शाही ,ठकुरी,सचिब अजित शाह, युवा संघ संयोजक रवि शाह,अतिथिहरु मोरङ जिल्ला अध्यक्ष किशान शाही लगायत रहेका थिए ।
उक्त भेलाले अशोक शाहीको संयोजकत्वमा २१ सदस्यीय १ नं.प्रदेश स्तरीय ठकुरी समाज युवा संघ गठन गरेको छन् ।संघका उपाध्यक्षमा राजु शाही,सचिव युवराज ज्यु ठकुरी ,सहसचिव कमल ज्यु ठकुरी र कोषाध्यक्ष होमकुमारी मल्ल ठकुरी चयन भएको संयोजक अशोक शाहीले बताए ।
त्यसै गरि ठकुरी समाज महासंघ १नं.प्रदेश कमिटी भगवती शाहीको संयोजकत्वमा गठन भएको छ।
राज्यको तर्फबाट ठकुरी जातिलाई गरिएको विभेद अन्त्य गर्न,ठकुरी जातिको हक अधिकार ,भाषा,संस्कारको जगेर्ना गर्ने उद्देश्यका साथ महासंघ अघि बढेको महासंघका अध्यक्ष चन्द्रकुमार सिंह ठकुरीले बताए ।

1,469 total views, 2 views today

तपाईको प्रतिक्रिया