केशु विरही / अम्बिका भण्डारी / पाख्रीबास, धनकुटा । धनकुटाको मुगाका जनताकाे जीवनस्तरलाई समग्र रुपमा माथि उकास्ने अभिप्रायले साबिक मुुुगा अर्थात पाख्रीबास नगरपालिका वार्ड ७ र ८ लाइ समेटेर मुुुगा पाख्रीवास कृषि समूहको ७  सदस्यीय समिति गठन गरिएकाे छ ।

बहुअायमिक कृषि परियाेजना शुरु गर्ने उद्देश्यले  पाख्रीवास नगरपालिका वार्ड नं ८  को सभाहलमा भएको एक अन्तरकृया तथा भेलाले सो समिति गठन गरेको हो ।

हेम गिरीको नेतृत्वमा गठित समितिमा कमला बिक, गोबिन्द थापा, मान बहादुर तामाङ, कपिल राज थापा, कविता राई र मणिराज राई छन् ।

त्यसैगरी भेलाले राम प्रसाद देवानको संयोजकत्वमा ५ सदस्यीय जग्गा ब्यबस्थापन तथा मुल्यांकन समिति बनाएको छ । समितिमा इन्द्र सन्तोष राई, गजेन्द्र राई, गणेशराज निरौला धनराज राई छन् ।

वडाध्यक्ष सिताराम राईकाे अध्यक्षतामा संचालन भएकाे भेला तथा अन्तरक्रिया कार्यक्रममा पाख्रीवास नगरपालिकाका प्रमुख बृखबहादुर राईकाे प्रमुख अतिथ्यता  थियाे भने रहेकाे थियाे भने पाख्रीबास नगरपालिका वार्ड नं ७ का वडाध्यक्ष फणिन्द्र तामाङ पर्यटन व्यवसायी रेवतबहादुर थापा, समाजसेवी प्रताप थापा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रमुख अतिथी पाख्रीवास नगरपालिका प्रमुख बृखबहादुर राईले अन्तरक्रियामा भागलिदै याे राम्राे कार्यकाे थालनी भएकाे वताउँदै नगरपालिका याे कार्यलाई  यथासक्य सहयाेग गर्न तयार रहेकाे वताए ।

पर्यटन व्यवसायी रेवतबहादुर थापाले अाफू पुर्ख्यौली थलो मुगाभन्दा टाढा रहे पनि मुगाकाे संझनाले सधैँ सताईरहेकाे र अाफूले अाफ्नाे जन्मभूमिमा केही गर्न चाहेकाे वताए । लामाे समयसम्म प्रहरी सेवामा रहेर हाल होटल ब्यबशायमा लागेका थापा मुगाली जनताकाे जीवनस्तर जहांको तहीं रहेकाेमा साह्रै दुखित छन् ।

सहकारी संचालक एवम् समाजसेवी प्रताप थापाले मुगाकाे वृहत्तर हितकाे आधार कृषि भएको बताउँदै कृषिकाे विकास नभएसम्म राष्ट्रकाे समग्र विकास नहुने कुरामा जाेड दिए ।

मुगा पुर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाकाे गृहनगर पनि हाे । पटक पटक राष्ट्रकाे प्रमुख कार्यकारीकाे पद सम्हालेका व्यक्तिकाे गाउँ सामाजिक, अार्थिक तथा राजनैतिक क्षेत्रमा धेरै पछि रहेकाे पाईन्छ ।

त्यहाँ वाेल्ने अधिकांशले मुगाकाे विकास नहुनुमा विगतका राज्य संचालकहरु दाेषी रहेकाे वताए ।राज्यकाे प्रमुख कार्यकारी पद सम्हालेका व्यक्तिकाे गाउँ यसरी सामाजिक, अार्थिक तथा राजनैतिक क्षेत्रमा पछि पर्नुलाई त्यसक्षेत्रका जनताहरुले दुखद रुपमा हेरेका छन् ।

5,730 total views, 20 views today

तपाईको प्रतिक्रिया