मोरङ / बहुचर्चित सुन काण्डका नाइके गोरे उर्फ चुडामणि उप्रेतीले सनम शाक्यलगायतलाई चरम यातना दिएको भिडियो सार्वजनिक भएको छ ।

गोरेले उर्लाबारी–७ का सनम शाक्य, कृष्ण कार्की र उर्लाबारी–४ का मने काफ्लेलाई चरम यातना दिएको भिडियो सार्वजनिक भएको हो । उनले तीनै जनालाई पालैपिलो करेन्ड लगाउँदै यातना दिएका थिए ।

यातनाकै क्रममा सनम शाक्यको मृत्यु भएसँगै गोरेको सुन तस्करीका कनेक्सन बाहिर आएको थियो ।

सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या मुद्दामा प्रतिवादीतर्फका कानुन व्यबसायीले बिहीबारसम्म ४२ जनाले बहस गरेका छन् । मोरङ जिल्ला अदालत समक्ष ‘थुनछेक बहसमा’ प्रतिवादीतर्फका कानुन व्यबसायीहरुले सुरु गरेको पाँचौ दिन बिहीबार सात जना कानुन व्यबसायीहरुले मात्र बहस गरे । अन्य दिनको तुलनामा भन्दा पाँचौ दिन कम संख्यामा प्रतिवादीतर्फका कानुन व्यवसायीहरुले बहस गरेका हुन् ।

बिहीबार राजु महर्जनको पक्षमा हेमराज पन्तले बहस गरेका थिए । एलपी भन्ने लालबहादुर मगरको पक्षमा अधिवक्ता मुक्तिानाथ सुवेदी र यज्ञप्रसाद सिवाकोटीले बहस गरे । भुजुङ्ग गुरुङको पक्षमा देवी बहादुर घिमिरेले बहस गरेका थिए । त्यस्तै अधिवक्ता शंकर थापाले डियसपी प्रजित केसी र अमरमान डंगोलको पक्षमा प्रतिरक्षा गर्दै बहस गरेका थिए । पूर्व डिआइजी गोविन्द निरौलाको पक्षमा अधिवक्ता भानुभक्त निरौला र रमेश कोइरालाले बहस गरेका थिए । उनीहरुले प्रतिवादीतर्फबाट बहस गर्दै अभियुक्तहरुको प्रतिरक्षा गर्दै बहस गरे ।

यसअघि ३५ जना प्रतिवादीतर्फका कानुन व्यबसायीहरुले अभियुक्तको बचाउँदै गर्दै बहस गरिसकेका छन् ।बादीको तर्फबाट सरकारी वकिलहरुले बहस शुक्रबार सकिएपछि प्रतिवादीतर्फका कानुन व्यवसायीहरुले आइतबारदेखि थुनछेक बहस सुरु भएको हो ।

यो मुद्दाका ६३ प्रतिवादीमध्ये प्रहरी नियन्त्रणमा रहेका ३० जना अभियुक्तहरुको तर्फबाट ६८ जना कानुन व्यवसायीहरुले बहस गर्नेछन् ।

1,368 total views, 24 views today

तपाईको प्रतिक्रिया