बगैंचामा  विभिन्न जातका आकर्षक बिरुवाहरू, पानीको फोहोरा, बस्ने फलैंचा आदि निर्माण गरिनेछ । वाकिङ स्ट्रीट धूलोमुक्त हुनेछ र यस क्षेत्रमा रहेका घरहरूमा एउटै प्रकारको रङ लगाइने कोशीहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईंले जानकारी दिए । कुन रङ्ग लगाइन्छ भन्ने बारे निर्णय भई नसकेको चापागाईंले बताए ।

वाकिङ स्ट्रीट क्षेत्रमा अपरान्ह ४ बजेपछि रातको ११ बजेसम्म बजार लाग्नेछ । त्यस समयमा सो क्षेत्रमा साना निजी सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइने छ । साना निजी सवारी साधन भने सञ्चालन गर्न पाइने चापगाईंले बताए ।

वाकिङ स्ट्रीट बनाउन १ करोड ३७ लाख ५० हजार रुपैयाँ लागत लाग्नेछ । जसअन्तरगत नगरपालिकाबाट ५० लाख बिनियोजन भएको छ । स्थानीयबाट  ४९ लाख २० हजार  र  अन्य श्रोतबाट ३८ लाख ३० गरी जम्मा १ करोड ३७ लाख ५० हजार लागत जुटाउने उद्देश्य  सहित ज्ञानु ढकालको अध्यक्षतामा निर्माण समिति बनाइएको छ । वाकिङ स्ट्रीटका लागि जेठ १ गतेदेखि प्राविधिक काम सुरु भइसकेको र आगामी  असार २५ गते भित्र नै वाकिङ स्ट्रीट निर्माण सम्पन्न हुने समितिले जनाएको छ  ।

वाकिङ स्ट्रीट निर्माण भएपछि यस क्षेत्रको व्यापार व्यवसायमा वृद्धि हुने स्थानीय व्यवसायी डोलेश्वर तिम्सिनाले बताए  । (रेवती निरौलाको सहयोगमा)

8,147 total views, 2 views today

तपाईको प्रतिक्रिया