दिपेन्द्र यादव , सुनसरी  । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका का दुई युवा  शान्त र सुन्दर ठाउँमा एउटा पारिवारीक होटल संचालन गरी सफल युवा व्यावसायीको रुपमा चिनिन थालेका छन ।

केही सयम अघि इनरुवामा नाम कमाएका होटल व्यावसायीहरुले मानव स्वास्थयमा असर पार्ने खालका खाद्यान्न, मिठाई, खाजा, खाना बेच्दै गरेपनि हाल हाल त्यस्ता होटल व्यावसायीहरु निरुत्साहीत भएका छन ।

इनरुवा नगरपालिका वार्ड नं. १ मा जन्मीएका अशोक जैनका २४ वर्षिय छोरा आयूष जैन र २३ वर्षिय छोरा आशिष जैन सफल युवा व्यावसायी बनेर इनरुवाका होटल संचालकहरुलाई चुनौती दिई रहेका छन ।

उनी दुवै दाजु भाई मिलेर इनरुवा नगरपालिकामा प्याराडाइज स्विटस् एण्ड स्नाक्स होटल संचालनमा ल्याएर सफल व्यावसायी बनेका छन । आयुष र आशिष २०७३ भदौँ महिनाको ९ गते होटल संचालनमा ल्याएका थिए ।

हालसम्म सो होटलमा राम्रो सेवा सुविधा पाएको इनरुवा नगरपालिका स्थानिय युवा तथा समाजसेवी जिनेश निरौलाले बताए ।

स्थानिय समाजसेवी युवा निरौलाका अनुसार होटलमा गरिवा, ज्येष्ठ नागरिक, विपन्न वर्गका परिवारहरुलाई १० प्रतिशत समेत छुट दिइदै आएको छ  ।

2,896 total views, 18 views today

तपाईको प्रतिक्रिया