तुलसी राम धमला, तेह्रथुम /  विद्यार्थी सङ्ख्या अभावकाे कारण तेह्रथुमको अाठराई गाउँपालिका वडा नंं.  ७ साबिक थाेक्लुङ्ग ८ कर्कलेमा रहेको सिंह बाहिनी प्राथमिक विद्यालय  बन्द भएकाे छ ।
विद्यार्थी  नभएपछि बिगत दुई बर्ष अघि नै याे विद्यालय बन्द भएकाे हाे । तामाङ बस्तीको बिचमा रहेकाे याे विद्यालय २०१८ सालमा स्थापना भएको थियो  । कर्कले र खाल्डे बस्ति सेवा क्षेत्र रहेकाे विद्यालयमा कक्षा ५ सम्म पढाई हुदै अाएकाे थियाे ।

निजि विद्यालय प्रतिकाे अाकर्षणकाे कारण अभिभावकहरुले अाफ्ना छाेरा छाेरी सुविधा सम्पन्न स्थानतिर पढाउन लाने गरेका छन्  । त्यसमाथि पछिल्लो समय याे क्षेत्रमा बसाइँसराइकाे क्रम बढेसगैं विद्यालयमा त्यसको प्रत्यक्ष असर  पुगेकाे छ ।
जसले यहाँ बिद्यार्थी सङ्ख्या शुन्य अवस्थामा पुगेकाे विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष देवमान तामाङले बताउनु भयाे ।
विद्यालयमा विद्यार्थी सङ्ख्या नभएपछि साविक थाेक्लुङ ९ रानीचाैताराकाे पञ्चकन्या अाधारभुत विद्यालयमा याे विद्यालय गाभिएकाे छ ।
विद्यालय मर्च भएपछि यहाँको लाखौँ मुल्य बराबरकाे भौतिक संरचना  विद्यालय भवन,  फर्निचर ,कुर्सी ,टेवल , डेक्स,बेन्च जिर्ण अवस्थामा पुगेका छन ।

विद्यालयकाे याे अवस्था देख्दा दुख लागेकाे साेहि विद्यालयमा क,ख  सिकेर  बिएडसम्म अध्ययन गरेका  पुर्व विद्यार्थी भानुभक्त तामाङले बताउनुभयाे ।
साविक थाेक्लुङ्ग गाविस वडानः ७ सल्लेरिकाे मिलन प्राथमिक विद्यालयमा पनि विद्यार्थी सङ्ख्या घटेपछि यसअघि नै भगवती माध्यमिक विद्यालय थाेक्लुङ्गमा  मर्च भएको छ । विद्यालय मर्च भएसगैँ उचित संरक्षणकाे अभावमा  भवन  समेत जिर्ण अवस्थामा  पुगेकाे छ ।
यस क्षेत्रमा बढ्दो बसाई सराईकाे कारण सञ्चालनमा रहेका अन्य सरकारी सामुदायिक विद्यालयमा समेत विद्यार्थी सङ्ख्या घट्दै गएकाे सराेकारवालाहरुकाे भनाई छ ।

6,670 total views, 2 views today

तपाईको प्रतिक्रिया