बेलबारी, मोरङ / एउटै मापदण्ड अनुसार राजमार्ग क्षेत्र बिस्तार गर्दा पनि हचुवाको भरमा पटक पटक घर भत्काइएको भन्दै बेलबारीका स्थानीय बासिन्दाले बेलबारी नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।

बुधबार नगरपालिका कार्यालय पुगेका राजमार्ग किनारमा घर रहेका स्थानीयले नगरपालिकाका मेयरलाइ ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले नगरपालिकालाई पुर्व पश्चिम सडकको केन्द्रबाट दुवैतर्फ २५ मीटर अर्थात्  ८२ फुट हुनुपर्नेमा साढे ८२ फुट  कायम गरिएको, राजमार्ग क्षेत्र क्लियर गर्न नापी गर्ने क्रममा स्पष्ट मापदण्ड र आधार नबनाइएको तथा जनतालाई आतंकित पार्न राजमार्गको १ सय ५ फुट मा चिनो लगाइएको जस्ता कमजोरी औंल्याएर ज्ञापनपत्र बुझाएका छन्  ।

ज्ञापनपत्र बुझाउन गएका रविन गुरुङले पहिले ८२ फुट नापेर भत्काइएका धेरै घरहरू दोस्रो / तेस्रो  पटक यसपाली पनि भत्काइएकोले  सडकको मापन हचुवाको भरमा गरिएको बताए ।  उनीहरूले मुआब्जाबिना १ सय ५ फुट कायम गराउने अधिकार नगरपालिकालाई नभएको जिकिर गरेका छन् ।

ज्ञापनपत्र बुझ्ने क्रममा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले राजमार्गको क्षेत्र बिस्तारका क्रममा सडक बिभागले पनि हेलचेक्र्याइ गरेकोले पनि केही कमी कमजोरी भएको स्विकार्दै  चाडै जिपिएस प्राविधिबाट सडक मापन गरी स्थायी सिमाना कायम गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

6,872 total views, 2 views today

तपाईको प्रतिक्रिया