काठमाडौं / राजस्थान प्रगतिशील लेखक संघको चार सदस्यीय प्रतिनिधिमण्डलले बििहीबार  प्रेस काउन्सिलमा अवलोकन भ्र्रमण गरेको छ ।

सो अवसरमा आयोजित छलफल कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य सचिव तथा सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेले खादामालाले पाहुना टोलीको स्वागत गर्दै आपसी सहकार्य र समन्वयबाट नै मैत्रीपूर्ण सम्वन्ध जीवन्त रहने धारणा राख्नुभयो ।

राजस्थान प्रगतिशील लेखक संघका महासचिव ईशुमधु तलवारले दुईदेशका लेखक, पत्रकारहरुवीच आपसी सम्वन्धलाई जोड दिने र यस क्षेत्रलाई थप उर्जाशील बनाउन सहयोग पुग्ने धारणा राख्दै न्यानो आतिथ्यताका लागि धन्यवाद व्यक्त गर्नुभयो । मधेशी पत्रकार समाजका अध्यक्ष मोहनकुमार सिंहले भ्रमणदलका सदस्यहरुको संयोजन गर्नुभएको थियो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्यहरु सुदर्शन आचार्य, गोविन्दप्रसाद चौंलागाईँ, चेतनाथ धमला, मुख्य अधिकृत झविन्द्र भुसाल लगायतको सहभागिता रहेको थियो ।

3,135 total views, 6 views today

तपाईको प्रतिक्रिया