नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार पार्टी एकता भएको छ ।

स्रोतका अनुसार सरकारको नेतृत्व पनि पालैपालो गर्ने सहमति दुई नेताबीच भएको छ । दुवै पार्टीको बैठकपछि बिहीबार  दिउँसो पत्रकार सम्मेलन गरेर पार्टी एकता घोषणा गरिएको हो । एकतासंगै निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी दर्ता समेत भएको छ  ।  नयाँ  नेकपा पार्टीमा दुईजना अध्यक्ष भएका छन् । दुवैले पालैपालो बैठकको अध्यक्षता गर्नेछन् भने निर्णयमा पनि दुवैको हस्ताक्षर हुनेछ ।

केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ भने त्यसमा २४१ एमालेका र २०० माओवादी केन्द्रका रहने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । स्थायी समिति ४३ सदस्यीय भएको छ जसमा एमालेका २५ र माओवादी केन्द्रका १८ सदस्य छन् । महाधिवेशन २ वर्षभित्र गर्ने र नेतृत्व सहमतिकै आधारमा चयन गर्ने विषयमा पनि आन्तरिक सहमति भएको छ ।

मार्गदर्शक सिद्धान्त भने दुवै दलले अपनाउँदै आएका जनताको बहुदलीय जनवाद र माओवादलाई महाधिवेशनसम्म लैजाने र त्यहीँबाट टुंगो लगाउने सहमति भएको छ ।

5,828 total views, 3 views today

तपाईको प्रतिक्रिया