बेलबारी, मोरङ/  सिताेरियाे कराते संघ बेलबारीको आयोजनामा जेठ ५ गते अर्थात शनिबार प्रथम बेलबारी खुल्ला कराते प्रतियोगिता हुने भएकाे छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ हुने प्रतियोगिता बेलबारी तमु बुद्धिष्ट गुम्बामा हुुनेछ। प्रतियाेगितामा स्कुलबाट र विभिन्न डाेजोबाट करिब ४० देखि ५० टिम सहभागी हुनेछन् ।

बुधबार पत्रकार सम्मेलन गरी आयोजकले प्रतियाेगितामा मोरङ, सुनसरी, झापा, सिराहा, इलाम लगायत भुटानबाट समेत प्रतियोगीहरु सहभागी हुने जानकारी दिइएको छ ।

प्रतियोगितामा पुरुषतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६७ र ७५ केजी तौल समुह तथा महिलातर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६० र ६८ केजी समुहका बिच छुट्टाछुट्टै  प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा २५ वटा गोल्ड मेडल, २५ वटा सिल्भर, ५० वटा ब्रोन्ज गरी जम्मा सय वटा मेडल  छ्न् । समुह बिजेता भएकाहरुको अर्को प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो हुनेलाइ एक एक वटा गोल्डेन कप र उत्कृष्ट महिला र पुरुष खेलाडीलाई  पनि कप प्रदान गरिनेछ । प्रतियोगिताका लागि ४ लाख ७० हजार खर्च लाग्ने र त्यसमध्ये बेलबारी नगरपालिकाले १ लाख रुपैयाँ दिने भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ  ।

बेलबारी डाेजोले यसभन्दा अघि विभिन्न समयमा ४ वटा जिल्लास्तरीय कराते प्रतियोगिता सम्पन्न गरिसकेको सितारियो प्रशिक्षक कुन्ती गुरुङले बताइन् । अब हुन लागेको प्रतियोगिता भब्यताका साथ सम्पन्न गरिने बेलबारी सितोरियो करातेका अध्यक्ष सन्जय सुवेदीले बताए।

3,448 total views, 2 views today

तपाईको प्रतिक्रिया