बेलबारी, मोरङ /  बढुवा भएर सरुवा जान लागेका  जिल्ला प्रहरी कार्यालय  मोरङका  प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुणकुमार बिसीलाई बेलबारीमा सम्मान तथा बिदाइ गरिएको छ ।

एसपी बिसीलाई बेलबारी नगरपालिकाको हलमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले दोसल्ला ओढाएर बिसीको सम्मान गरे । मोरङमा रहँदा पुर्याएको योगदानको कदर गर्दै बेलबारी नगरपालिका र जेसिजको तर्फबाट  सम्मान तथा बिदाइ गरिएको बेलबारी जेसिज २०१८ का अध्यक्ष राजन प्रसार्इँले बताए ।

त्यसैगरी मोरङको सुन्दरहरैंचा नगरपालिकामा पनि बुधवार नै बिसीलाई  सम्मान तथा विदाई गरिएको छ ।

सुन्दरहरैंचा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रहरी उपरिक्षक पदबाट बरिष्ठ उपरिक्षकमा बढुवा भएर विराटनगरबाट काठमाण्डौमा सरुवा भै जान लागेका विसीलाई एक कार्यक्रमका बिच प्रशंसापत्रद्धारा सम्मान सहित बधाई तथा विदाई गरिएको छ ।

3,105 total views, 10 views today

तपाईको प्रतिक्रिया