उत्तम पोख्रेल, बेलबारी / बेलबारी नगरपालिकाले गाउँ र टोल टोलमा गएर उद्योग दर्ता तथा नवीकरण गर्न थालेको छ ।

मगलबारदेखि दर्ता गर्न छुटेका पसलहरुको नगरपालिकाले नविकरण गर्न थालेको हो । नबिकरण तथा दर्ता गर्न आँउदा ब्यापार ब्याबसायमा असर पर्ने भएकाले नगरपालिकाले सहयोग गरको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालले बताए ।
चिया पसलदेखि ठुला उद्योगहरु दर्ता गर्न छुटेका हुन सक्छन् , आउने समय नमिलेको हुन सक्छ, प्रमुख प्रशासकिय अधिकृत दाहालले भने उहांहरुलाई सहज हुने गरी टोल टोलमा टोली पठाएका छौ । नगरपालिकाले सवैलाई ब्यापार ब्यासाय गर्नेहरुको हक हितका लागी आफैले टोली खटाएको जनाएको छ ।

5,298 total views, 2 views today

तपाईको प्रतिक्रिया