बेलबारी, मोरङ/ मोरङको बेलबारी नगरपालिकामा कुष्ठ रोगको उच्च जोखिम रहेकोे पाईएको छ ।

बेलबारी नगरपालिकाले सबै घरमा गएर बिरामीको तथ्याक सकलन गरेपछि उच्च जोखिमा रहेको खुलेको हो । चैत २७ गते देखी ३१ गते सम्म बिरामीको पहिचान गर्न स्वास्थयकर्मी सहित स्वमसेविकाहरुको टोली गाँउ गाँउमा गएर खोजी गरेको थियो । ‘हामी घर घरमा गएर खोज्यौ २ जना नयाँ बिरामी पत्ता लगाएका छौंं’ बेलबारी नगरपािलकाका स्वास्थ्य उपशाखाका सह सयोजक सन्तोष बिकले भने ‘केहि समय देखी उपचार गराउनेको सख्या धेरै रहेको छ ।’
१० हजार जनसंख्या मा १ जना भेटिदा समेत त्यसलाई खतरा मानिन्छ ,उनले भने – बेलबारीको जनसख्यालाई  आधार मान्ने हो भने बेलबारी कुष्ठरोगको उच्च जोखिममा रहको छ ।

जम्मा ६५ हजार जसख्या रहेको नगरपालिकामा ६ जना कुष्ठरोगी उपचाररत छन् । अझै खोजी गरिरहेका छौंं बिकले भने -अभियानमा मात्रै होईन अन्य सममा पनि खोजी गर्छौ । अझै बिरामीको सख्या बढन सक्ने उनले बताए । अहिले स्वास्थ्य कर्मीसहितको टोली घर घरमा गएर खोजी गरिरहेको छ ।
कानको लोति बाक्लो हुने, शरिरमा फु्स्रो छाला हुने, छालामा गिर्खा आउने, अनुहारको छाला बाक्लो हुने आंखी भुईका रौंहरु झर्ने लगायतका लक्षण कुष्टरोगको हुने बिकले बताए । रोगिहरुको स्वास्थ्य संस्थामा नि:शुल्क उपचार गर्ने गरेको उनले बताए ।

मोरङको एक महानगरपालिका सहित २ वटा नगरपालिका उच्च जोखीममा रहेको तथ्याक जिल्ला जनस्वास्थय कार्यालय मोरङमा छ । बिराटनगर महानगर सहित बेलबारी नगरपालिका र रगेली नगरपालिका उच्च जोखिममा रहेको जनाईएको छ ।

बिराटनगर महानगरपालिका र बेलबारी नगरपालिका तथा रंगेली नगरपालिका उच्च जोखिममा रहेको पाईएपछि दुवै स्थानीय तहले कुष्टरोगीको खोजी गर्ने अभियान चलाउने भएका छन् ।

3,340 total views, 2 views today

तपाईको प्रतिक्रिया