केशु विरही, बेलबारी माेरङ/ वचत तथा ऋण सहकारी संस्थाहरुकाे संगठन साकाेस माेरङकाे जिल्ला स्तरीय दुई दिने गाेष्ठी सम्पन्न भएको  छ ।

संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालवावु पणडितले आइतबार एक कार्यक्रमविच सो गोष्ठीको  उद्घाटन गरेका थिए  ।

उक्त  गाेष्ठीकाे उद्घाटन समाराेहलाई संवाेधन गर्दै संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले राज्य निर्माणमा सहकारीहरुकाे याेगदान उल्लेख्य रहेकाे वताउँदै उनीहरुकाे याेगदानलाई सरकारले कदर गर्ने वताए । तर केहि सहकारीले सहकारीकाे मूल्य र मान्यता अनुसार काम नगरेकाे अाराेप लगाउदै उनलेे अनुगमनको आबश्यकता औंल्याए  ।

उनले अाफू सँधै न्यायकाे पक्षमा रहेकाे तर गलत गर्नेलाई  छाड्ने समेत चेतावनी दिए । साथै उनले सबैलाई राष्टलाई समृद्धिकाे वाटाेमा लैजाने कार्यमा लाग्न अाग्रह समेत गरे ।

सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिव ढकालले जिल्ला भरिका सहकारीलाई अाफ्नाे नगरपालिकामा स्वागत गर्न पाएकाेमा खुसी व्यक्त गरे ।

प्रमुख अतिथि संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित रहेकाे उक्त कार्यक्रममा राष्ट्रिय सहकारी वैकका अध्यक्ष रमेश पाेखरेल, सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल अादिकाे अाथित्यता थियाे ।

सुन्दरहरैचाकाे जेसिस हलमा संचालन भएकाे उक्त साकाेस गाेष्ठी ३० र ३१ गते दुई दिनसम्म संचालन भएको थियो  ।

1,412 total views, 19 views today

तपाईको प्रतिक्रिया