संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बेलबारी र सुन्दरहरैचा नगरपालिकाकाे सिमानामा निर्माण भैरहेकाे बासुकी वाटर रिचार्ज सेन्टर अर्थात बासुकी पर्यटकीय पाेखरीकाे निरिक्षण गरेका छन् ।

आइतबार जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको एक गोष्ठीको उद्घाटन गर्न बिराटचोक आएका पण्डितले सो पर्यटकीय क्षेत्रको अबलोकन गरेका हुन् । बागदेवी सामुदायिक वन र सुकुना सामुदायिक वनको सिमा क्षेत्रमा पर्ने सो पर्यटकीय स्थलमा पुर्वकै ठूलो सिमसारयुक्त पोखरी बनाउने योजना छ ।

भ्रमणमा वासुकी वाटर रिचार्ज सेन्टरका अध्यक्ष रामकुमार मास्के, उपाध्यक्ष सीता वास्ताेला, सचिव फणिन्द्र थापाले व्रिफिङ गरेका थिए । सो अवसरमा सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालकाे पनि सहभागिता थियाे ।

4,017 total views, 4 views today

तपाईको प्रतिक्रिया