दिपेन्द्र यादव, इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पिछडा वर्गको उत्थानका लागि सिलाई कटाई सम्बन्धि तालिम दिन सुरु गरिएको छ ।

यहाँका पिछडा वर्गका किसोरीहरुलाई लक्षित गरेर सिलाइ कटाई तालिम दिन सुरु गरेको हो ।
भोक्राहा नरसिंह गाउँपालिकाको सहयोग र स्मार्ट सिटी सञ्चार केन्द्र भोक्राहा नरसिंह ७ को आयोजनामा कार्यक्रम सुरु गरिएको संस्थाका अध्यक्ष दिपेन्द्र यादवले बताउनुभयो ।
अध्यक्ष यादवका अनुसार यस क्षेत्रमा बेरोजगार रहेका किशोरीहरुलाई आत्मनिर्भर बनाउनका लागि सिलाई कटाई सम्बन्धि तालिम सुरु गरिएको बताउनुभयो ।
सिलाई कटाई तालिम ३५ दिने भएपनि किसोरीहरुलाई तालिम प्रयाप्त नभएको भन्दै अध्यक्ष यादवले कम्तिममा ६० दिने तालिम दिने बताउँनुभयो ।
सो तालिममा भोक्राहा नरसिंह गाउँपालिकाका ८ वटै वडाका ३/३ जना गरी २४ जना किसोरीहरुको सहभागीता रहेका छन ।
तालिमको उद्घाटन भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम देवी मेहताले गनुभएको थियो । भने सो कार्यक्रमको बिशिष्ट अथितिमा भोक्राहा नरसिंह गाउँपािलका वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र यादव, स्वास्थय चौकी इन्चार्ज रामाशंकर साह, राजाराम पण्डितको सहभागीता रहेको थियो । त्यस्तै अथितीहरुमा पत्रकार सुकदव चौधरी, बिरेन्द्र यादव लगायतको सहभागीता रहेको थियो ।
त्यस्तै सो तालिममा संजु कुमारी मेहता, सुष्मा कुमारी यादवले प्रशिक्षण दिईरहेका छन् ।

3,320 total views, 2 views today

तपाईको प्रतिक्रिया