तुलसी राम धमला तेह्रथुम / तेह्रथुमकाे अाठराई गाउँपालिका वडा नः ७ थाेक्लुङ्गमा पिपि अार र खाेरेत राेग सम्वन्धि खाेप सञ्चालन भईरहेकाे छ ।
बाख्रा तथा गाई भैंसीमा लाग्ने राेग निवारण तथा नियन्त्रण गर्ने उदेश्यले सञ्चालित खाेप कार्यक्रममा करिब ४ सय खसी बाख्रा पाठाहरुमा खाेप लगाइएकाे  वडानः ७ थाेक्लुङ्गका पशु स्वास्थ्य प्राविधिक प्रकाश भारतीले बताउनु भयाे ।
यश क्षेत्रका किसानहरूले पशुपालनबाट  अाम्दानि गर्ने  गरेका छन ।
बिषेश गरेर यहाकाे पिप्ले , ढाेडेनी , मर्साङवारी , खाल्डे , कर्कले , भाेर्ले लगायत ठाउँमा खुल्ला चरिचरन क्षेत्र भएकाेले गर्दा यहाका किसानहरुकाे पशुपालन प्रति अाकर्षण बढ्दै गएकाे देखिन्छ । बाख्रा पालन व्यावसाय शिर्षकमा बिभिन्न सरकारि तथा गौँर सरकारी सस्थाबाट किसानहरुमालाई शौलियत दरमा ऋण तथा अनुदान दिने गरेकाेले यहाँका किसानहरु बाख्रा पालन तर्फ समय खर्चिन थालेका हुन ।
कहिलेकाही बाख्राकाे  अाखा पाक्ने , अाखाबाट कचेरा अाउनेफ मुखबाट रयाल निकाल्ने , टाउकाे सुन्निने जस्ता  विभिन्न सरुवा राेगका कारण किसानहरु हैरानहुने गरेकाे  पाईन्छ ।
यस्ता राेगहरुबाट बचाउनकाे लागि किसानकाे गाेठ, गाेठमा गएर पिपि अार नामक खाेप लगाई  रहेकाे पशु  स्वास्थ प्राविधिक भारतीकाे भनाई छ ।   अब पशुहरुमा लाग्ने भ्यागुत्ते र चरचरे राेगकाे समेत खाेप सञ्चालन गरेर सम्पूर्ण पशुहरुकाे बिमा समेत गरिने भएको छ ।
खाेप पशु सेवा साखा केन्द्र सक्रान्तिकाे अायाेजनामा सञ्चालन भईरहेकाे छ ।

5,753 total views, 18 views today

तपाईको प्रतिक्रिया