काठमाडौँ /  प्रेस काउन्सिल नेपालले बिनाअनुमति तथा विश्वसनीयताको परीक्षण नगरी कुनै समाचार र समाचार सामग्री साभार नगर्न/ नगराउन सबै सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराएको छ ।

केही  सञ्चार माध्यमले तयार पारेको समाचार सामग्री अर्को आमसञ्चार माध्यमले जस्ताको तस्तै साभार गर्दा आफूलाई असर गरेको भन्दै  काउन्सिलमा उजुरी परेपछि काउन्सिलले त्यस्तो आग्रह गरेको हो ।

 कतिपय आमसञ्चारमाध्यमले आफ्ना मौलिक समाचार तथा समाचार सामग्री अनुमतिबिना सम्प्रेषण हुने गरेको भन्दै  सार्वजनिक सूचनासमेत जारी गरेका बेला   काउन्सिलले पनि त्यस्तो आग्रह गरेको छ  ।

प्रेस काउन्सिलको पछिल्लो अभिलेख अनुसार समाचार सामग्री साभार गर्ने कार्यमा अनलाइन सबैभन्दा अगाडि  छन् । यस्तो कार्य पत्रकार आचारसंहिता २०७३ विपरीत रहेकोले काउन्सिलले साभार नगर्न  सूचना  जारी गरेको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिए  ।

पत्रकार आचारसंहिता २०७३ को दफा ८ (२) अनुसार ‘पत्रकार तथा सञ्चारमाध्यमले अन्य सञ्चारमाध्यमबाट प्रकाशित वा प्रसारित सामग्री प्रयोग  गर्दा मूल स्रोत उद्धृत गरी पुनःप्रकाशन, प्रसारण वा वितरण गर्नुपर्दछ । तर धेरै सञ्चार माध्यमहरुले स्रोत उल्लेख नगरी अर्थात साभार नगरी समाचार कपी पेष्ट गर्ने गरेका छन् ।

414 total views, 4 views today

तपाईको प्रतिक्रिया