मिडिया समाज मोरङको शनिबार सम्पन्न प्रारम्भिक साधारणसभाले एक पदाधिकारी र एक सदस्य पछि थप गर्न सक्ने गरी अम्बिका भण्डारीको अध्यक्षतामा नयाँ  कार्यसमिति चयन गरेको छ ।

मोरङ बेलबारीस्थित बेतना सिमसारमा भएको साधारणसभामा नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारीको प्रमुख आतिथ्यता थियो ।

साधारणसभाले आगामी ३ बर्षका लागि सुरेश अधिकारी, दिनेश गिरी र बिबेक मिश्रलाई मिडिया समाज मोरङको  क्रमशः उपाध्यक्ष, सचिव र कोषाध्यक्ष चयन गरेको छ । त्यसैगरी सदस्यमा रेखा गुरुङ, मणिराम दाहाल र प्रसान्त निरौला चयन भएका छन् ।

मिडिया समाज केही महिना अघि जिल्ला प्रसासन कार्यालय मोरङमा दर्ता भइसकेको छ । मोरङ जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले निकट भबिष्यमा बेलबारीमा कार्यालय स्थापना गरी खासगरी उत्तरी मोरङ र ग्रामीण क्षेत्रमा रहेका सञ्चारकर्मीहरुको हक हितका लागि काम गर्ने संस्थाका अध्यक्ष भण्डारीले बताए ।

4,869 total views, 2 views today

तपाईको प्रतिक्रिया