अम्बिका भण्डारी , बेेलबारी मोरङ । बेलबारी ३ मा अबस्थित भगवती माध्यमिक बिद्यालयको ब्यबस्थापन समितिका एक दुई पदाधिकारी र कर्मचारीको मिलेमतोमा आफुुखुुुशी राजमार्ग क्षेत्रमा ब्यापारीक  सटर बनाएपछि त्यसको लगानी डुब्ने अबस्था सृृृजना भएको छ ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा  बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतम र प्रधानाध्यापक मानबहादुर खडका सहित केही ब्यक्तिले आफुखुशी पुर्ब पश्चिम सडकको क्षेेेत्राधिकार मिचेर बनाउन थालेको ब्यापारीक सटर स्कुलका जग्गादाता र स्थानीयबासीलेे   अबरुद्द गरेपछि केही ब्यापारीबाट कोठा भाडा बापत लिइएको पेश्की सहित निर्माणको लागि खर्चिएको झण्डैे १० लाख रुपैयाँ जोखिममा पुगेको हो ।

बिद्यालयको ब्यबस्थापन समितिका एक दुई जना पदाधिकारी र विद्यालयका प्रधानाध्यापकको मिलेमतोमा मनखुशी सडकको ८५ फिटमै ईटा लगाएर सटर निर्माण गरेपछि बिद्यालयका जग्गादाता समेत रहेका राजनीतिज्ञ तथा समाजसेवी प्रतापकुमार थापाको नेतृत्वमा स्थानीयले आइतबार निर्माण कार्य अबरुद्ध गरेका छन्  । स्थानीयले अवरोध गरेपछि निर्माण कार्य अनिश्चितकालका लागि रोकिएको छ ।

सडक मिचेर सटर निर्माण भएको बारे विभिन्न सञ्चार माध्यममा समाचार आएपछि सो कार्य रोक्न नगरपालिका लगायत सम्बन्धित निकायमा जानकारी गराउँदा पनि  बेवास्ता गर्दै सडककको जग्गामा नाफा कमाउने नियतका साथ निर्माण कार्य नरोकेको भन्दै आईतबार थापा सहित बेलबारीका स्थानीय बासिन्दाले निर्माण कार्य अबरुद्ध गरेका हुन्  । निर्माण कार्य नरोकिए बनाइएका संरचना भत्काउने उनीहरूले चेतावनी दिएका छन ।
पटक पटक  बिवादमा मुछिँदै आएको बिद्यालयले यसअघि पनि दाताले दिएको जग्गाको रेकर्ड नराखेको र  मनपरी गरी दाताहरुको उपेक्षा गरेको आरोप खेप्दै आएको छ । सो बिद्यालयमा कुन दाताले बिद्यालयलाई कति जग्गा दिएको हो र कहाँको जग्गा दिएको हो भन्ने बारेमा अन्यौलता कायमै रहेका बेला बिद्यालय प्रशासनले फेरी सडकमै सटर निर्माण गरेर अर्को बिवाद सिर्जना गरेको छ ।

बिद्यालयले पैसा कमाउने हेतुका साथ  ब्यापार गरेको भन्दै केही स्थानीय आक्रोशित बनेका छन् । यस बिषयमा बिद्यालयका प्रधानाध्यापक मानबहादुर खडकाले निर्माण कार्य नरोक्ने र आफनो जग्गामा सटर निर्माण गर्न पाउने बताएका छन ।
उता बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नम्बर २ का अध्यक्ष घनश्याम गौतमले भने यस बिषयमा बिद्यालयले आफनो जग्गाभित्र जे पनि गर्न पाउने जवाफ फर्काएका छन । नगरपािलकाले ८२ फिटभित्र बनिरहेको संरचना भएपनि बिद्यालयले निर्माण गरेका सटर ८५ फिटमा मात्र रहेको उनलेे बताएका छन् । सडक बिभागले पछि सडक फराकिलो बनाउदा सो संरचना भत्काउने गरी निर्माण गरिएको उनको तर्क छ । राजमार्गको क्षेेेेत्राधिकार १ सय ५ फुट हो ।

यसैबीच वडाध्यक्ष समेतको संलग्नतामा भएको स्कुलको बिबादित कामबारे छलफल गर्न मंगलबार स्थानीय राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला र बेलबारी नगरपालिकाको संयुक्त बैठक बस्ने भएको छ ।

पनि पढ्नोस न ..

राजमार्गमै सटर बनाएर चर्को बिबादमा मुछियो बेलबारीको भगवती स्कुल

7,610 total views, 2 views today

तपाईको प्रतिक्रिया