बेलबारी, मोरङ ।  गुणस्तरीय र प्रबधियुक्त पढाइका लागि  शिक्षकहरुहरुलाइ दक्ष बनाउने उद्देेेश्यले गुरुकुल  पाठशाला बेलबारी र माइल स्टोन इंग्लिस स्कुल बेलबारीले आफ्ना शिक्षक शिक्षिकाहरुलाई एक दिने शिक्षक तालिम दिएका छन् ।

बेलबारी ३ स्थित गुरुकुलको सभाहलमा आइतबार बिहान तालिम  उदघाटन गरिएको छ । कार्यक्रम उधोग बाणिज्य संघका अध्यक्ष योगेन्द्र प्रसाद सुबेदीको प्रमुख आतिथ्यता र गुरुकुल पाठशालाका अध्यक्ष केदार अधिकारीको  सभापतित्वमा भएको थियो ।

दुइ दर्जन भन्दा बढी शिक्षक सहभागी रहेको तालिममा काठमाडौबाट आएका प्रशिक्षक अर्जुन भट्टराइले विशेष प्रशिक्षण दिएका छन् ।

कार्यक्रममा बेलबारी जेसिजका अध्यक्ष राजन प्रसाई, माइल स्टोन स्कुलका प्रधानाध्यापक दिपेन्द्र खुलाल लगायत केही सञ्चारकर्मीको आतिथ्यता रहेको थियो ।  त्यस्तै  कार्यक्रम संचालन गुरुकुल पाठशालाका प्रधानाध्यापक कुमार खुलालले गरेका थिए ।

करिब डेढ सय विद्यार्थी रहेको भनिएको गुरुकुल पाठशाला  बेलबारीमा यसै बर्षबाट संचालनमा आएको स्कुल हो । गुरुकुलमा अत्याधुनिक प्रबिधि र साधन स्रोत का साथ संचालन गरिएकोले गुणस्तरीय शिक्षा दिइने विद्यालयले दाबी गरेको छ । गुरुकुलमा प्ले ग्राउण्डदेखि कक्षा ६ सम्म पठन पाठन भइरहेको छ ।

4,742 total views, 4 views today

तपाईको प्रतिक्रिया