केशु विरही, बेलबारी, माेरङ/ वाेनम्याराे राेगबाट ग्रसित भइ उपचाररत बेलबारी – ३ की १३ वर्षीया बालिका सृजना लिम्बूकाे एक्कासी मृत्यु भएपछि परिवार तथा उनकाे उपचारमा जुटिरहेका अभियन्ताहरु मर्माहत भएका छन् ।
वाेनम्याराे सुक्ने राेगबाट ग्रसित भई काठमाडाैकाे सिभिल अस्पतालमा उपचाररत उनकाे बिहीबार  राति  निधन भएकाे थियाे ।
परिवारकाे अार्थिक अवस्था कमजाेर भएका कारणले  उपचारमा कठिनाई भइरहेकाे थाहा पाएपछि युवा जागरण नेपाल, बेलबारी जेसिज लगायतले उनकाे उपचारमा सहयाेग जुटाउन आर्थिक अभियान चलाएका थिए ।
केहिदिन अघि युवा जागरण अभियान नेपालका सदस्य सुरेन्द्र सुवेदीको संयोजकत्वमा सृजना  लिम्बू  उपचार समिति गठन गरेर उनकाे उपचारका लागि अार्थिक सहयाेग जुटाईरहेकाे थियाे ।
हालसम्मकाे उनकाे उपचारमा ३ लाख जति खर्च भएकाे युवा जागरण अभियानका सदस्य एवम् सृजना लिम्बू वचाअाैँ अभियानका संयाेजक सुरेन्द्र सुवेदी वताए ।
मृत्यु पश्चात् शुक्रबार राति उनकाे शवलाई बेलबारी नगरपालिका वार्ड न ३, खाेरियाेटाेलस्थित घरमा ल्याइएकाे थियाे ।  उनकाे पार्थिव शरिरलाई जातीय परम्परा अनुसार शनिबार अन्त्येष्टि  गरिएकाे छ ।
 उनकाे शव यात्रा तथा अन्त्येष्टिमा उल्ल्लेख मानिसहरुकाे सहभागिता  थियाे ।

3,435 total views, 2 views today

तपाईको प्रतिक्रिया