मोरङ बेलवारी ११ लक्ष्मीमार्गमा सडक सौर्य बत्ति जडान गर्ने नगरपालिकाको योजनामा आर्थिक अनियमिता भएको आरोप नेपाली काग्रेसले लगाएको छ ।

गत चैत्र ३ गते गठित सौर्य बत्ति जडान उपभोक्ता समिति र सोको अनुगमन समितिमा खटपट भएपछि अनुगमन समितिको समेत संलग्नतामा कांग्रेसले बिरोध जनाएको हो ।  सो समितिले टेण्डर प्रक्रियामा धांधले गरेको तथा हालको मितिसम्म प्रारम्भिक काम थाल्न नसकेको भन्दै कांग्रेसको वडा कार्यसमितिले दिनानुदिन अनियमितताको आशंका र आम उपभोक्ताहरुवाट समेत गुनासो बढिरहेको जनाएको छ । सौर्य बत्ति जडान र  निर्माणको काम पारदर्सी ढंगले र समयमै सम्पन्न हुनुपर्नेमा त्यसो हुन नसकेको अनुगमन समितिका संयोजक तथा कांग्रेसको बेलबारी ११ का वडा समिति सचिब जितेन्द्र नेउपानेले बताए  ।

शनिबार बेतना सिमसारमा गरिएको पत्रकार सम्मेलनमा लक्ष्मीमार्ग बस्ने बिसाल कटुवालले आन्तरीक रुपमा लगत इष्टिमेट सहित ९० हजारमा र सोही ठाउँका नवराज राईले पनि सोहि प्रकृयावाट ९३ हजारमा भिन्नाभिन्नै  कोेटेसन तथा अन्य कागजातहरु पेश गरिए पनि  त्यसको कुनै प्रवाह नगरी काठमाण्डौमा रहेको बसन्ती इनर्जी सप्लायसंग १ लाख १२ हजार ९ सय प्रति गोटाको दरले सम्झौता भएको जानकारी दिइएको थियो  ।

बेलवारी नगरपालिकाले २० वटा  सौर्य बत्ति जडान गर्न भनेर यस आर्थिक वर्षमा सो वडालाइ २५ लाख बिनियोजन गरेको छ ।

हाल जडान गर्न सम्झौता गरीएको बसन्ती इनर्जी सप्लायर्सले बास्तबिक लागत भन्दा करिव २३ हजार बढी मुल्यमा सम्झौता भएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।नेपाली कांग्रेसका ११ नम्बर वडा सभापति लोक बहादुर बस्नेतको हस्ताक्षर रहेको बिज्ञप्तीमा कांग्रेसले गुण र दोषको आधारमा समर्थन र विरोधको नीती अवलम्बन गर्दै बिकास निर्माणका राम्रा काममा सहयोग गर्ने  जनाईएको छ ।

सोलारको ठेक्का  र लागत बिवाद बढेपछि बेलबारी ११ को वडा कार्यालयमा सर्वपक्षीय भेला बोलाएर छलफल समेत गरिएको थियो । त्यसपछि कांग्रेस पक्षधर एक समूहले बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीलाई पनि भेटेको थियो । मेयरले वडाको समस्या वडा स्तरमै मिलाउन आग्रह गरेपछि असन्तुष्ट पक्ष पत्रकार सम्मेलन गर्न पुगेको हो ।

बेलवारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले नगरले वडालाई नगद विनियोजन गरीसकेको र उपभोक्ता समितिले काम गर्ने प्राबधान अनुसार काम भईरहेको बताए ।

उपभोक्ता समिति अध्यक्ष चन्द्र गुरुङ राईले गुणस्तरीय सामान हाल्नको लागि बसन्ती इनर्जी सप्लायर्ससंग सहमति गरिएको बताईन् ।

4,720 total views, 2 views today

तपाईको प्रतिक्रिया