काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले ड्रोनबाट उच्च गुणस्तरीय हवाइ फोटो र भिडियोहरु लिएर सोही आधारमा योजनाहरु अघि बढाउने भएको छ ।

नेपालमै पहिलो पटक नगरपालिकाको नक्सांकनका लागि ड्रोनको प्रयोग गरेको हो । उक्त परियोजनाको उद्घाटन नगरप्रमुख सन्तोष चालिसेले ड्रोन उडाएर गरे ।

गोकर्णेश्वर नगरपालिका र स्ट्रक्चर डिजाइन एण्ड सर्भिसेज, ड्रोनेपाल र नक्सा प्रालिको संयुक्त सहकार्यमा नगरपालिकाको नक्सांकन गर्न लागिएको हो । कोइका र कोरियाको एन्जल्सविङ नामक कम्पनीको सहयोग प्राप्त ड्रोन नेपालमा पहिलो ड्रोन सेवा प्रदान गर्ने कम्पनी हो । यसले ड्रोनको प्रयोग गरेर नगरपालिकाहरुमा सर्भे, परियोजनाको प्रगति अनुगमन, नक्साङ्कन गर्नेछ ।

नेपाल फ्लाइङ् ल्याबका संयोजक तथा नाक्सा प्राइभेट लिमिटेडका संस्थापक उत्तम पुडाशैनीका अनुसार ड्रोनले सर्भे गर्न, कुन परियोजना, कहाँ, कस्तो अबस्थामा भइरहेको छ भनेर उच्च गुणस्तरको फोटो/भिडियो खिचेर अनुगमन गर्न मद्दत गर्छ ।

2,728 total views, 2 views today

तपाईको प्रतिक्रिया