उत्तम पोख्रेल , बेलबारी / बेलबारी नगरपालिका वडा नम्बर ६ मा रहेको धोति खोलामा बांध बनेपछि डेढ सय हेक्टर क्षेत्रफलमा खेति गर्न सहज हुने भएको छ ।

बालुवा बोरामा हालेर बांध बाधेर खेति गर्नु पर्थ्यो, बेलबारी ६ का कृषक स्वरुप श्रेष्ठले भने – सिंचाइ बांध बनेपछि हामीलाई खेति गर्न सहज भएको छ । खोलामा बाढीी आउंदा प्रत्येक बर्ष बांध बगाएर लैजान्थ्यो श्रेष्ठले भने एक बर्षमा नौ पटकसम्म बांध बनाएर हामी खेती गर्थ्यौं ।
अाकासमा गड्याङ गुुुुडुङ गरेमा अब बांध बगाउने भयो भन्ने चिन्ता हुन्थ्यो्, अब त राति पनि मज्जाले सुतिन्छ बेलबारी ६ कै कृषक ओम राईले भने ‘राति सपनामा पनि बाध बगाएको मात्रै देखिन्थ्यो अब त्यो दिनको अन्त्य भएको छ ।’
बेलबारी नगरपालिकाकाको २६ लाख तथा स्थानियको ५ लाखको लगानीमा सो बांध बनेको हो । बांध नबन्दा डेढसय हेक्टर क्षेत्रफलमा खेति गर्न सहज हुने बेलबारी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष उदय राईले बताए ।

1,960 total views, 2 views today

तपाईको प्रतिक्रिया