बेलबारी, मोरङ । बोनम्यारो रोगबाट पिडित बेलबारी ३ की १३ बर्षीया बालिका सिर्जना लिम्बुको उपचारका क्रममा मृत्यु भएको छ ।
लामो समयदेखि बोनम्यारो रोगबाट पिडित उनको काठमाण्डौको सिभिल हस्पिटलमा शुक्रबार बिहान मृत्यु भएको हो ।

आर्थिक अबस्थाका कारण उनको उपचार हुन नसकेपछि युवा जागरण अभियान, जेसिज लगायत बेलबारीका संघसंस्थाहरुले झण्डै एक महिनादेखि आर्थिक अभियान सन्चालन गर्दै आएका थिए ।

उनको उपचारका लागि ३ साताअघि युवा जागरण अभियान नेपालका सदस्य सुरेन्द्र सुवेदीको संयोजकत्वमा सिर्जना लिम्बु उपचार समिति गठन गरी आर्थिक अभियान सञ्चालन गरिदै आएको थियो  । उनलाई उपचारका लागि केही दिनअघि काठमाण्डौ पठाईएको थियो ।

3,609 total views, 2 views today

तपाईको प्रतिक्रिया