नेपाली कांग्रेसकाे भात्तृ संगठन नेपाल विद्यार्थी संघ भित्रको बिबाद चुलिंदै गएको छ । नेबिसंघ भित्र तिन जना महामन्त्रीहरु  छन । जस मध्यको कुन्दन काफ्लेको नेतृत्व अलग धार सहित देखा पर्न थालेको छ ।

विभिन्न माग सहित ज्ञापानपत्र बुझाउंदा पनि पार्टी नेतृत्वले बेवास्ता गरेपछि केहि साता अघि बाल्मीकी विधा पिठमा बसेको कुन्दन काफ्लेको नेतृत्वले अध्यक्ष नैंनसिंह महर बिरुद्ध बिभिन् मागहरु तेर्स्याउंदै समानान्तर अध्यक्ष घोषणा गर्ने तयारी गरेको थियो ।

यधपी त्यो अहिले टरेको अवस्थामा नेतृत्वले आगामी बैशाख २८ र २९ गते नेबिसंघ कार्यालयमा बृहत छलफल गर्ने योजना बनाएको छ । यहि मौकामा पत्रकारसँग असन्तुस्ट सह महामन्त्री  परमेश्वर साहसंग गरेको कुराकानी –

 नेबिसंघमा किन त्यत्रो बिबाद ?

नयाँ संरचनाअनुसार संगठन बिस्तार गर्नुपर्ने बेला नेताहरु आफै बिभक्त भएर अस्तित्वको लडाइ लडीरहेका छन् । जसको प्रत्यक्ष प्रभाव जिल्ला र क्षेत्रीय समितीमा पनि पर्न थालेको छ ।

विवादित जिल्लाहरुको अधिवेशन हुन नसकेर नेबिसंघभित्र गुटगत प्रभाव गाढा बन्दै आएको छ । हाल नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समिति विहीन अवस्थामा पुगेको छ । त्यसैले अहिले त्यो झन् झन् बढ्दै गईरहेको छ ।

तपाईंहरुको असन्तुष्टी चाहि कहाँ हो ?

वहाहरुले जुन स्वेक्छाचारी तरिकाले बिधान मै नभएको आमान्त्रिक केन्द्रीय सदस्य नियुक्त गर्नुभएको छ । बिशेष गरी सिरहामा माओबादीहरुलाई सहयोग गर्ने व्यक्ति जसलाई ने बि संघ को झण्डा को परिभाषा नै थाहा छैन उनीहरुलाई पनि आमान्त्रित् केन्द्रीय सदस्य नियुक्त गरिएको छ । हाम्रो बिमति त्यहाँ निर हो ।

बिमति थियो भने बैठकबाट समस्या समाधान गर्नु पर्थ्यो  नि ?

बैठक गर्ने नमानेर भागी भागी हिड्नेसंग कसरी बैठक गर्ने ? नेपाल विद्यार्थी संघको केन्द्रीय महाधिवेशन सम्पन्न भएको लगभग २० महिना विते पनि संगठन अगाडी बढ्न सकेको छैन । तर त्यसको जिम्मेवारी लिन नेतृत्व तयार देेेेखिएन ।

वहांहरुले २८ र २९ मा केन्द्रीय कार्यालयमा बैठक राख्नुभएको छ रेे नि ?

हामीले  समानान्तर बैठक गरी अध्यक्ष नियुक्त गर्न खोजेको भन्ने डरले मात्रै गरेको हो ।

तपाईइहरुको माग बैठकबाट पुरा गरिएन भने के हुन्छ ?

हामीसंग बहुमत छ र बिधानसम्मत रूपमा  हामी अध्यक्षलाई पनि हटाई दिन्छौ । – प्रस्तुति : दिपेन्द्र यादव

1,006 total views, 2 views today

तपाईको प्रतिक्रिया