बेलबारी, मोरङ / मोरङ बेलबारी ४ मा अबस्थित एक सामुदायिक विद्यालयको लागि स्थानीय समाजसेवीले २४ इन्चको एलइडी टीभी सहयोग गरेका छन् ।

बेलबारी ४ निवासी युवा तथा युवा जनजागरण अभियान नेपालका अध्यक्ष सुजित बस्नेतले विद्यालयलाइ सहयोग गरेका हुन् । स्थानीय पन्चायत माध्यमिक विद्यालयमा कक्षा १ सम्म अध्ययनरत बालबालिकाले कक्षा कोठामै दृश्य सामाग्रीको सहयोगमा सजिलोसँग सिक्न सकुन् भनेर आफुले ब्यक्तिगत रूपमा विद्यालयलाई एलइडी सहयोग गरेको बस्नेतले बताए ।

बिहीबार विद्यालयमा आयोजित एक कार्यक्रममा एलइडी हस्तान्तरण गरिएको थियो । आफ्नो संस्था युवा जागरण अभियानले पनि छात्रवृत्ति कोष स्थापना गरेको बताउँदै बस्नेतले वालवालिकाहरुको गुणस्तरीय पढाइमा सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग गरेको स्पष्ट पारे । सो विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठन पाठन गर्न थालिएको छ ।

3,848 total views, 4 views today

तपाईको प्रतिक्रिया