भरत शिवाकोटी, झापा । रोजगारीका निमित्त विश्वका विभिन्न मुलुकहरुमा रहेका झापालीहरुको सामाजिक संस्था अन्तरास्ट्रिय झापाली समाजलेे कमल गाउँपालिकाको सडनपाडा मिस्त्री वस्तीमा गत साउनकाे बाढीबाट विस्थापित हुन पुगेका ९ घर परिवारका ९ घर बनाउने कार्य तीब्र पारेको छ ।

वैशाख २४ गते अन्तरास्ट्रिय झापाली समाजका उपाध्यक्ष तथा युरोप संयोजक ललित कुमार न्यौपाने, भवन निर्माण समितीका पदाधिकारीहरु एवं सदस्यहरुको टोलीले घर निर्माण स्थलको स्थलगत निरीक्षण गरेको छ ।
प्रवास अन्तर्गत विभिन्न मुलुकमा रहेका झापाली समाजहरुको आर्थिक सहयोगमा अन्तरास्ट्रिय झापाली समाजले बनाउने उक्त घरहरु निर्माण भैरहेको मिस्त्री वस्ती झापाको नमुना वस्ती बनाउने लक्ष्य समाजले लिएको छ ।
गत साल साउनमा आएको बाढीले अस्तव्यस्त बनाएको बखतमा समेत समाजले झापाका विभिन्न स्थानमा पुगेर बाढीबाट प्रभावित पिडितहरुलाई जिल्ला प्रशासन कार्यलय झापाको रोहबर र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको सहकार्यमा झन्डै पन्ध्र लाख बराबरको राहत सामाग्री बितरण गरेको थियो । उक्त समयमा उदघोस गरीए अनुसारै आवास निमार्णको काम गरिएको हो ।
अन्तराष्ट्रिय झापाली समाजमा अस्ट्रेलिया, कोरिया, युएई, इजरायल, कुवेत, जापान, कतार, हङकङ, बेल्जियम, अमेरिका, बहराइन, लक्जेम्बर, नेदरल्यान्ड, जर्मनी, साइप्रस, इङ्ल्यान्ड, क्यानडा र मलेसिया लगायतका देशहरु संलग्न रहेका छन ।
कुल तीन कट्ठा क्षेत्रफल रहेको जग्गामा निर्माण हुने नौ वटा घर निर्माणका निमित्त रतुवा माई वृक्षारोपण आयोजनाले काठ उपलब्ध गराउने जानकारी समितीका सदस्य लेखनाथ खतिवडाले दिएका छन भने समितीले २०७५ जेठ महिनाभित्र बाढी पीडितहरुलाई घर निर्माण गरि हस्तान्तरण गर्ने लक्ष्य राखेको समितीका सचिव केशव श्रेष्ठले जानकारी दिएका छन् ।

2,031 total views, 4 views today

तपाईको प्रतिक्रिया