केशु विरही, बेलबारी, माेरङ/ १ नं प्रदेशका नेत्रहीनहरुकाे प्रदेशस्तरी क्रिकेट अभ्यास खेल बिहीबार  सम्पन्न भएकाे छ ।

माेरङ् नेत्रहिन संघले अायाेजना गरेकाे उक्त अभ्यास प्रशिक्षण खेलमा माेरङ, झापा, संखुवासभा, सुनसरी, सिराहा लगायतका जिल्लाबाट यस अघि छनाेटमा परेका क्रिकेट खेलाडीहरुबाट प्रदेशस्तरीय टिमकाे निर्माण गरिएकाे प्रशिक्षक भरत थापाले जनाए।

सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैचा, माेरङमा अाज संचालन गरिएकाे अन्तिम चरणकाे अभ्यास खेलमा वी १ का ४ जना वी २ का ३ र वि ३ का ४ जना गरि जम्मा ११ जना खेलाडीहरुकाे छनाेट गरिएकाे माेरङ् नेत्रहीन संघकी अध्यक्ष शावित्रा काेईरालाले वताईन ।

अायाेजक संस्थाका अनुसार १ नं प्रदेशभरिका जिल्लाहरुबाट खेलाडीहरुकाे छनाेट गरि साेहि अाधारमा प्रदेसस्तरीय टिमकाे निर्माण गरिएकाे हाे ।

छनाेटमा परेकाे साे टिमले जेष्ठ २ गतेदेखि काठमाण्डाै हुनेे रा्ष्ट्रिय क्रिकेट ट्रुनामेण्टमा भागलिने छ ।

राष्ट्रिय प्रतियाेगितामा सहभागी हुने खेलाडीलाईहरुलाई अाजैै एक कार्यक्रमविच सुन्रदहरैचाकि उपमेयर धना तामाङ्ले बधाई तथा शुभकामना दिएकी थिईन्।

3,355 total views, 2 views today

तपाईको प्रतिक्रिया