इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीमाथि दुव्र्यवहार भएको छ ।

इटहरीको तुलसा टोलबाट आएको टोलीले बुधबार मेयर चौधरीमाथी दुव्र्यवहार गरेको हो । नगरपालिका परिसरभित्रै मेयरलाई बाटो छेकेर ठेलमठेलको अवस्था सृजना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

खेती खोला मिचेर बनाएका संरचना भत्काएपछि वर्षा लागिसक्दा पनि त्यसै छाडेको र वेवास्ता गरेको भन्दै डेलिगेसनका लागि नगरपालिका पुगेका नगरबासीले बाटो छेक्ने प्रयास गरेको नगरपालिकाका कर्मचारीले जानकारी दिए ।

‘खोलाको विषयमा आएको टोलीलाई मेयरसाबले चार र पाँच नं. वडाका वडाध्यक्षलाई राखेर छलफल गर्ने सहमति पछि ‘कार्यकक्षबाट बाहिरिएर साँस्कृतिक भवन छेउमा पुगेपछि हाम्रो कुरा नसुन्ने भन्दै आएर केहि व्यत्तिले हाततापतको प्रयास गरेको इन्जिनियर अर्जुन दाहालले जानकारी दिए ।

टोलवासीले बाटो छेकेपछि केही बेर ठेलमठेल चलेपछि नजिकै रहेको प्रहरी कार्यालयको सानो गेटबाट मेयर चौधरी प्रहरी कार्यालयभित्र छिरेका थिए ।- इटहरी एफएम

4,379 total views, 4 views today

तपाईको प्रतिक्रिया