मोरङ / मोरङको बिराटनगर महानगरपालिका र बेलबारी नगरपालिका तथा रंगेली नगरपालिका उच्च जोखिममा रहेको पाईएपछि दुवै स्थानिय तहले कुष्टरोगीको खोजी गर्ने अभियान चलाउने भएका छन् ।

बेलबारी नगरपालिकाले सबै घरमा गएर रोगीको पहिचानका लागि २७ गते देखी ३१ गते सम्म बिरामीको पहिचान गर्ने जनाएको छ । स्वास्थ्यकर्मी सहित स्वमसेविकाको टोली घर घरमा गएर खोजी गर्ने र तत्काल उपचार गर्ने बेलबारी नगरपालिकाका स्वास्थ्य बिभागका सहसमयोजक सन्तोष बिकले बताए ।

कानको लोति बाक्लो हुने, शरिरमा फु्स्रो  छाला हुने, छालामा गिर्खा आउने, अनुहारको छाला बाक्लो हुने आंखी भुईका रौंहरु झर्ने लगायतका लक्षण देखिने गरेको सह संयोजक बिकलले बताए ।

टोलीले गाँउ गाँउमा गएर बिरामीको खोजी गरी स्वास्थ संस्थामा पठाउने जनाईएको छ । बेलबारीका स्वास्थ्य  चौकी तथा उपस्वास्थय चौकीमा बिरामीको उपचार गर्ने नगरपालिका कार्यालयले जनाएको छ ।

3,130 total views, 4 views today

तपाईको प्रतिक्रिया