केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले सडक मिचेर वनाएका संरचनाहरु धमाधम भत्काउन थालेकाे छ ।

नगरपालिकाले केहिदिन अघि सार्जनिक सूचना जारी गरेर त्यस्ता संरचनाहरु हटाउन जानकारी गराएकाे थियाे । तर स्थानीयले अटेर गरेपछि नगरपालिकाले अाफैले स्काभेटर लगाएर त्यस्ता संरचनाहरु हटाउन थालेकाे हाे ।

सडक मिचेर त्यसमा पनि नगरलाई नै कुरुप वनाउने गरीी वनाईएका संरचनाहरु भत्काउन थालेमा स्थानीयवासीहरु पनि खुसी देखिएका छन् ।

नगरपालिकाले चालेकाे याे कदम उचित भएकाे स्थानीय लक्ष्मणजङ्ग थापा वताउछन् । उनी भन्छन् ” ढिलै भए पनि नगरपालिकाले सही कदम चालेकाे छ ।”

तर केही महानुभावहरुले भने नगरपालिकाले जवर्जस्ती अरुले दुख गरेका संरचनाहरु भत्काएकाे अाराेप लगाएका छन । त, नगरपालिकाले भने त्यस्ताे अाराेपकाे खण्डन गरेकाे छ ।

अन्य क्षेत्रमा भएका संभावित झडपलाई मध्यनजर राखेर नगरपालिकाले सुरक्षा कर्मीलाई पनि तैनाथ अवस्थामा राखेकाे देखिन्थ्याे तर कुनै त्यहाँ कुनै अप्रिय घटना नभएकाे, नगरपालिकाकाे याे कार्यलाई जनताले सहयाेग पुर्याएकाे नगरपालिका प्रवक्ता याेगेन्द्र सुवेदीले वताए ।

सुन्दरहरैचा र बेलबारीकाे सिमाना किस्तिखाेलाबाट सुरु गरिएकाे याे कार्यले निरन्तरता पाउने पनि नगरपालिकाले जनाएकाे छ ।

15,762 total views, 2 views today

तपाईको प्रतिक्रिया