बेलबारी मोरङ / पसलमा काम गर्न राखिएका स्टापले सामान चोरी गरी बाहिरका पसलमा बेच्ने गरेको फेेेला परेपछि मोरङ बेलबारीका ब्यापारी ब्यवसायी असुरक्षित महसुस गर्न थालेका छन् ।

बेलबारीको सिनेमाहल लाईनमा रहेको दिपक इलेक्ट्रिकलको सामान त्यहाँ कार्यरत स्टाप तिर्थ तामाङले बेलबारी १ मा बस्ने ईन्द्र सुबेदीसंगको मिलेमतोमा सामान चोरेेर बेच्ने गरेको प्रमाण  नै भेेेेटिएपछि ब्यापारीहरुमा आतंक नै छाएको छ ।
 विद्युतीय सामान खरिद विक्रि गर्दै आएकोमा दिपक इलेक्ट्रोनिक्समा कार्यरत कर्मचारीले गोदामबाट  ईन्द्र सुबेदीलाई दिने र  त्यहांबाट अन्य पसलमा ईन्द्र र तिर्थ भएर बेच्ने गरेका थिए ।
कसरी चोरी हुन्थ्यो सामान ?
कर्मचारी तिर्थ तामाङ अन्य विक्री भएको सामान ग्राहकलाई दिन गोदाम जान्थे । अनि गोदाममा रहेको राठी ब्रान्डको वाइरिङ तार, पंखा, डिमर,लिड बल्ब, स्विच, तथा महंगा–महंगा सामान बोरामा प्याक गर्थे र इन्द्र सुबेदीलाई बोलाउंथे । नजिकै पसल गरी बस्ने ईन्द्र सुबेदी कहिलेकाहीं गोदाममा आउंथे र सामान रहेको बोरा बोकी नजिकै रहेको आफ्नै पसल इल्भा ईलेक्ट्रोनिक्समा पुर्याउंथे । उनीहरूले त्यहाँ लगिएका सामान बेलबारी तथा आसपासका विभिन्न इलेक्ट्रोनिक्स पसलमा सस्तो दाममा बेच्ने गरेका थिए । लामो समयदेखि सो धन्दा चलेेेपनि तीन हप्ताअघि
चोरी पत्ता लागेको थियो । 
कहाँ बेचिन्थे सामान ?
इन्द्र सुबेदीको सेटिङमा बेलबारी १ मा संचालित पंचकन्या ईलेक्ट्रेनिक्समा पटक पटक तार बेचेको थाहा पाएपछि उक्त पसल सर्च गर्दा १० क्याइल तार फेला परेको थियो । तिर्थ र इन्द्रको सेटिङमा गएको  भएपनि बेलबारीमा रहेको खड्का हार्डवेयरबाट १० क्याइल तार फेला परेको तर १९ क्यायल तार बेचिसकेको अनुसन्धानमा खुलेको छ ।
तिर्थ र ईन्द्रकै सेटिङमा केराबारी गाउ पालिका वडा नं. ९ घंघरुमा रहेको छत्र दाहालको इलेक्ट्रिकल पसलबाट ३ प्याकेट स्विच, ७ क्याइल तार फेला परेको थियो । त्यस्तै  इन्द्र सुबेदीले गर्दै आएको इल्भा इलेक्ट्रोनिक्स पसलबाट स्विच र तार बरामत भएको थियो भने दिपक इलेक्ट्रिकल लेखिएको ८ वटा खाली बोरा फेला परेको थियो । जसमा प्रति बोरा १८ रोल तार हुन्छ  ।
लक्ष्मीमार्ग स्थित अभिनय राईको इलेक्ट्रिकल पसलबाट इन्द्र सुबेदीको सेटिङमा गएको १० क्यायल तार फेला परेको थियो । बेलबारी १ मा रहेको पन्चकन्या ईलेक्ट्रोनिक्सका प्रोपाइटर नबराज सुबेदीले स्थानिय इलेक्ट्रिसियनलाई बोलाई मेरो राठी ब्रान्डको तार विशेष सेटिङमा आउछ बजार मुल्य भन्दा कम मुल्यमा दिन सक्छु भन्दै मार्केटिङ गर्ने गरेका थिए । तथापी यसबारे  सम्पर्क गर्दा पन्चकन्या इलेक्ट्रिकलका प्रोपाइटर नबराज सुबेदीले आजसम्म आफुले कसैलाई यस्तो कुरा नभनेको तर प्रलोभन देखाएर र झुक्याएर सामान बेचेको स्पष्ट पारे ।
बेलबारी १ भिडाहामा रहेको गिरी होटलमा १६ क्यायल तार फेला परेको थियो । त्यस्तै गरी बेलबारी १ नक्सलमा इन्द्र सुबेदीकी श्रीमतीले स्थानिय महतको घरमा लुकाएर राखेको ५ क्याइल तार, फेन २ थान, स्वीच लगायत १ बोरा विद्युतीय सामान बरामद भएको थियो ।
त्यसैगरी बेलबारी १ स्थित पुर्व स्टेन्डमा रहेको जनता इलेक्ट्रीकल पसलबाट पनि ६ क्वाइल तार बरामद भएको छ । चोरी गरेर लगिएका सामान साहु मेघराज कोइरालाले पनि लामो समयदेखि किन्ने गरेको खुलेको छ । त्यसैगरी सुन्दरहरैचाको हरैंचामोडमा अबस्थित पुर्वान्चल ग्लास हाउस एण्ड इलेक्टट्रीकलका साहु धरणी दाहालले पनि चोरीका सामान किन्ने गरेका थिए ।
कहाँ पुग्यो अनुसन्धान ?
इलाका प्रहरी कार्यालय बेलबारी २०७४ साल चैत्र २९ गते तिर्थ तामाङ र इन्द्र सुबेदीलाई पक्राउ गर्न सफल भयो । ती ब्यक्तीहरुले दिपक बुढाथोकीको दिपक इलेक्ट्रिकलबाट चोरी गरी अन्य पसलहरुमा लगेेर विक्री गर्ने गरेको प्रहरीसमक्ष स्वीकार पनि गरे । तर उनीहरूलाइ एक नेताले जवानत बसेेर रातारात हिरासतबाट  छुुुटाउनेे कोशिस गरेका थिए । घटना गुुुपचुप पार्न पनि  निकै प्रयास गरियो ।
इलाका प्रहरी कार्यालय बेलबारीमा निरिक्षक रामजी कटुवालका अनुसार  बेलबारी, केराबारी आसपासका  विभिन्न दोकानहरुबाट लुकाई छिपाई बेच्दै गरेको अवस्थामा दुई लाख पचास हजार बराबरको सामान बरामत भएको छ । बरामद भन्दा बढी सामानहरु सुबेदी र तामाङले बेचेको देखिएपछि पिडितले २२ लाख बराबरको बिगो  दाबी गरेका छन्  । अभियुक्तहरुलाई मंगलबार बयान प्रमाणित गर्न जिल्ला अदालत मोरङ लगिएको छ  । सरकारी वकिल मार्फत अदालतमा पेस गरी कानुन अनुसार कारबाही गर्ने प्रहरीले जनाएको छ ।
ब्यापार प्रबन्ध समितिले पनि चोरीबारे छानबिन तथा अध्ययन गरिसकेको छ ।
के भन्छन् पिडित ?
“म राठी ब्रान्डको आधिकारीक विक्रेता (डिलर) हुँ । राठी ब्रान्डको सामान इटहरीदेखि पुर्व र पथरीसम्म मेरो पसलदेखि बाहेक खरिद विक्री गर्न अरुले पाउँदैन । बेच्नु परे मेरो पसलबाट लगेर मात्र बेच्न पाउँछ । उक्त कुरा थाहा हुँदै बेलबारी, केराबारी र लक्ष्मीमार्गका केहि इलेक्ट्रिक पसलहरुले मेरोमा काम गर्ने तिर्थ तामाङ र इल्भा इलेक्ट्रिक चलाएर बस्ने इन्द्र सुबेदीले अन्य दोकानहरुसँग बिगत दुई बर्षदेखि गोदाममा रहेका इलेक्ट्रिक सामानहरु बेलबारी १ मा रहेको नबराज सुबेदीको पन्चकन्या इलेक्ट्रिक, भिडाहामा रहेको गिरी होटल, केराबारी ९ मा रहेको छत्र दाहालको इलेक्ट्रिक पसल, खड्का हार्डवेयर बेलबारी, धरणी दाहालको पुर्वान्चल ग्लास हाउस हरैंचा र बेलबारी ११ मा रहेको अभिनय राईले सस्तो मुल्यमा किनेर बेच्ने गरेको रहेछन् ।
यिनिहरुले २२ लाख भन्दा बढीको मेरो सामान बेचेका छन् । यो अबैध रुपमा ब्यापार चलाउने तथा संलग्न हुने सबैलाई कानुनी दायरामा ल्याई कारबाही होस् र मेरो क्षतिपुर्ती सम्बन्धीत निकायबाट प्राप्त होस् ।”
इन्द्र सुबेदीलाई छुटाउन स्थानिय एमालेका एक दुुइ जना नेता, कार्यकर्ताले फोन मार्फत आफुलाइ पनि दबाद दिँदै आएको बुढाथोकीले बताए । तथापी एमालेका बेलबारी नगर संयोजक ईरन राइले  चोरी भएको बिषयमा बेलबारी एमाले दुखी भएकाे र पार्टीले कसैलाई दबाब नदिएको बताए ।  उनले कुनै एमालेका व्यक्ति वा अन्य निकायले दबाब दिएको भए आफुलाई जानकारी नभएको बताए । – (निरन्तर खबरको सहयोगमा)

16,523 total views, 4 views today

तपाईको प्रतिक्रिया