युट्युव तथा सामाजिक सञ्जालमा भाइरल बनेका अशोक दर्जी पढाईसँगै यतिबेला संगित कक्षा लिएरहेका छन् ।

उर्लाबारी–७ स्थित विहानी कला केन्द्रमा उनी यशोदा शाक्यसँग प्रशिक्षण लिईरहेका छन् । शाक्यकै प्रशिक्षणमा रहेका हाल चर्चामा रहेका नेपाल आइडलका फष्ट रनरअप निशान भट्टराई पनि हुन् ।

उनलाई शाक्ले निशुल्क रुपमा संगीत सिकाउने छिन् । विपन्न परिवारका दर्जीलाई सम्भावना बोकेका गायकका रुपमा चित्रण गरिँदै आएको छ । उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीमा अध्ययरत अशोकले मन ठूलो की धन बोलको गीतमा स्वर दिईसकेका छन् ।

3,653 total views, 58 views today

तपाईको प्रतिक्रिया