उत्तम पोख्रेल , बेलबारी । आगामी ५ बर्ष भित्रमा बेरोजगारको अन्त्य गर्ने लक्ष्य सहित बेलबारी नगरपालीकाले बिभिन्न सिपमुलक तालिमलाई तीव्रता दिएको छ ।

सिपमुलक तथा ब्यबशायिक क्षेत्रमा लगानी गरेर बेरोजगारको अन्त्य गर्ने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । बेमौसमी तरकारी खेति, माछापालन, बंगुर पालन, फर्नीचर पेन्टीङ तालिम, ड्राइभिङ लगायतका तालिम दिई सकेको बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र प्रसाद सुबेदीले बताए ।
नेपालमा काम छैन भन्दै युवा बिदेशतिर पलायन हुने क्रम रहेका बेला नगरपालिकाले नगरमै युवालाई रोजगारीका लागी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ । बिदेशमा जाने युवाहरुका लागी पनि सिपमुलक तालिम दिने गरी नगरपालिकाले काम गरेको प्रबक्ता सुबेदीले बताए ।
यसैगरी बेलबारी नगरपालीका वडा नम्बर ३ ले आईतवार देखी एक महिने ड्राईभिङ तालिमको उद्घाटन गरेको छ ।

१८ जना युवा सहभागी तालिमको एक कार्यक्रमका बिच वडा नम्बर ३ का अध्यक्ष योगेन्द्र सुबेदीले उद्घाटन गरेका हुन्  ।

4,813 total views, 4 views today

तपाईको प्रतिक्रिया