बिराटचोक  । मोरङको सुन्दरहरैंचास्थित  इन्द्रपुर नमुना मा.वि.का दुइजना विद्यार्थीले श्रीलंकामा हुने १० दिने क्रिकेट बन्द प्रशिक्षणमा सहभागी हुने अवसर पाएका छन् ।

विद्यार्थी तथा क्रिकेट खेलाडी रुपेश खड्का र आशिष सुन्दासले सो अबसर पाएका हुुन् । इन्द्रपुर नमूना स्कुलका पुर्व प्रीन्सिपल तथा शिक्षक अमृत ढकालले दिनुभएको जानकारी अनुसार उनीहरू दुवै विद्यार्थी जेठ ११ गते श्रीलंका जानेछन् ।

ती दुवै विद्यार्थीले केहि समयअघि काठमाण्डौं स्थित नेक्सस क्रिकेट एकेडेमीले संचालन गरेको १५ दिने क्रिकेट तालिम लिएका थिए । उक्त तालिममा उत्कृष्ट भएपछि उनीहरूलेे श्रीलंका जाने अबसर पाएको ढकालले जानकारी दिनुभयो । उनीहरूले  क्रिकेटकाे श्रीलंका नेेपाल द्विदेशिय क्लाेज क्याम्प एण्ड ट्रेनिङमा सहभागी हुुनेछन् ।

नेक्ससको अलावा विद्यालय तथा विभिन्न संघ संस्थाको समेत सहयोगमा उनीहरू तालिममा जान लागेको ढकालले बताउनुभयो । सुन्दरहरैँचा नगरपालिका प्रमुख शिवप्रसाद ढकाललेे श्रीलंकाको बन्द प्रशिक्षणमा जान लागेका खेलाडीद्वयलाई नगरको तर्फबाट बाटोखर्च स्वरुप रु. २५ हजार दिने घोषणा गरेका छन् ।

इन्द्रपुर क्रिकेट क्लब र सुन्दरहरैंचा नगरपालिकाले गत बिहिवार एक कार्यक्रम गरी दुवै खेलाडीलाई सम्मान समेत गरेका थिए । – अम्बिका भण्डारी

14,011 total views, 2 views today

तपाईको प्रतिक्रिया