युवा जागरण अभियान नेपालको अगुवाईमा शुरु गरिएको सिर्जना लिम्बू बचाउ अभियानमा हालसम्म २ लाख ६० हजार रुपैयाँ  सहयोग जुटेको छ ।

बोनम्यारो रोगबाट पीडित बेलबारी ३ की १३ बर्षिया सृजनाको उपचारका लागि विभिन्न ब्यक्ति तथा संघ संस्थाबाट  सो सहयोग जुटेको हो ।

अभियानको अगुवाइ गरिरहेको संस्था युवा जागरण अभियान नेपालका अनुसार यसअघि सो संस्थाले  उपचारका लागि  ५० हजार, गत  तिहारमा चार वटा संघ संंस्थालेे देउसी बाट जुटाएको  ५६ हजार र नगरपालिकाले दिएको २५ हजार गरी १ लाख ३१ हजार रुपैयाँ सहयोग जुटेको थियो ।

त्यस बाहेक बेेेलबारी बास्केटबल क्लबबाट ५० हजार, युवा जागरण अभियानका सचिव हरि गुुरुङबाट  १० हजार, बिजय गुुरुबाट  १० हजार र सन्दीप राईबाट ५ हजार गरी हालसम्म २ लाख ६ हजार रुपैयाँ सहयोग संकलन भएको संस्थाका सचिव हरि गुरुङले बताए ।

बेलबारीमा बेलबारी जेसिज लगायतका संघ संस्थाले पनि सृजनाको उपचारका लागि सहयोग अभियान संचालन गरेका छन् ।

सिभिल हस्पिटलमा सृजनाको उपचार शुरु 

यसैबीच सहयोग जुट्ने क्रमसंगै सृजनालाई काठमाडौस्थित सिभिल हस्पिटलमा लगेर उपचार शुरु गरिएको छ ।

सम्बन्धित चिकित्सकहरु संग सरसल्लाह पछि युवा जागरणको अगुवाइमा तीन चार दिनदिनअघि सृजनालाई नयाँ  बानेश्वर स्थित सिभिल अस्पतालमा पुर्याइएको थियो । बाेनम्याराे सुक्ने राेगकाे उपचारका लागि लगिएकी सृजनालाई  बोनम्यारो ट्रान्सप्लाण्टका  लागि बिहीबार अस्पताल भर्ना गरिएको छ । उपचारका लागि युवा जागरण अभियानको तर्फबाट  काठमाडौका खटिएका किशोर भण्डारीका अनुसार सृजनाको लागि बेलबारी घर भइ  हाल काठमाडौ बस्नुहुने वालकुमार राई, चितवनका राजु गोतामे र रुपन्देहीका कमल नेउपानेले बिहिवार रक्तदान गरेका छन् ।

त्यसैगरी  सृजनाको उपचारका लागि राष्ट्रिय सभा सदस्य माननीय बिना पाेख्रेल , माेरङ-३ का पूर्ब सभासद साबित्रिकुमार काफ्ले ,माेरङ समाज काठमाडौका अध्यक्ष कृष्णमुरारी काेईराला , काेषाध्यक्ष मनिषा बिमलि ,नाेबेल हस्पिटल सिनामंगलका डाइरेक्टर सन्ताेषमणि न्याैपाने , मण्डला थिएटरका प्रबिण खतिवडा , साेमनाथ खनाल, ईङ्गि हाेपा काेइज सुनुवार, नेत्रमणि पाेखरेल (सन्ताेष) , पथरीशनिश्चरेका राजन बस्नेत, बिराटनगरका मेघनाथ दाहालले बालिकालाई नयाँ जीवन प्रदान गर्नकाे लागि विशेष सहयोग गरेको भण्डारीले बताएका  छन् । – अम्बिका भण्डारी

 

8,988 total views, 2 views today

तपाईको प्रतिक्रिया