दिपेन्द्र यादव, सुनसरी  । सुनसरीमा तस्करीको बारे विभिन्न मिडियाहरुमा दिन प्रतिदिन समाचार  आएपनि  सुरक्षा निकायकै सेटिङमा हुने तस्करी रोकिएको छैैन ।

नेपाल भारत सिमा क्षेत्र नजिक रहेको भारतीय बजार बसमतिया, घुर्णा, भिमनगर, विरपुर, सिमराही, राघोपुर लगायतको बजार बाट तस्करहरुले ल्याएको समानहरु सिमावर्ती क्षेत्रमा रहेका सुरक्षाकर्मीहरुकै सेटिङमा तस्करी हुने गरेको भन्टाबारीका स्थानिय मो. शाहिर मिँयाले संचारकर्मीलाई बताए ।

भन्टावारीका सशस्त्र प्रहरी निरिक्षक गौकर्ण भट्टराई नेतृत्वको प्रहरीहरुको मितोमतोमा दैनिक भन्सार नै नकाटी केही साना तस्करहरुले लाखौँ रुपैँया बराबरको खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक समान, स्टिल तथा अलमुनियमका भांडाकुंडाहरु सजिलैसँग नेपाल भित्र्याउने गरेको उनलेे  बताए ।

सिमा सुरक्षा गर्न बसेका सशस्त्र प्रहरीले तस्करहरुसँग घुस बापत केही रकम लिई सिमा क्षेत्रबाट दैनिक लाखौँ रुपैँया बराबरको विभिन्न किराना आइटम, लत्ताकपडा, खाद्यान्न, इलेक्ट्रोनिक समान, स्टिल तथा अल्मुनियमका भडाकुडाहरु भन्सार छली नेपाल भित्राउने गरेका छन ।

सस्तो मूल्यमा पाइने समानको लोभमा पश्चिम सप्तरीको हनुमानगर, कन्चनपुर, फतेपुर, भारदह र पुर्व सुनसरीको झुम्का, इटहरी लगायतका ठाउँका तस्करहरुले भन्टाबारी भिमनगर नाकाबाट दैनिक लाखौँ मुल्य बराबरको तस्करी हुने गरेको स्थानीय वासिन्दा बताउँछन् ।

तस्करहरुले सामान ओसारपसारका लागि वालवालिकाको प्रयोग गर्ने गरेका छन् । भिमनगरबाट दैनिक बिस क्विन्टल भन्दा बढी चिनी सजिलै बरमजियाको पेडा पसलहरुमा जाने गरेको भन्टाबारी प्रत्यक्षदर्शीहरुले बताए । यता भारतीय बजारबाट तस्करी गरी नेपाल भित्राएको समान बापत छोटी भन्सार कार्यालय भन्टावारीका कर्मचारी, सशस्त्र प्रहरी र प्रहरी चौकी भन्टावारीका सई अनिल राईलाई नजराना दिई तस्करी गर्ने गरेको एक  तस्करले नाम  सार्वजानिक नगर्ने सर्तमा बताए ।

त्यस्तै भारतीय बजार बेला बसमतियाबाट नरसिंह र सिसुवा धर्मपुरका प्रहरी इन्चार्जहरु सँगको मिलोमतोमा बिहान ४ बजे देखी ७ बजे सम्म र बेलुका ६ बजे भोजमा खाने पत्रि, रसायनिक मल लगायतको समानहरु तस्करी हुने गरेका छन ।

1,675 total views, 4 views today

तपाईको प्रतिक्रिया