पथरी, मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले सहरी क्षेत्रमा पर्ने वडा नम्वर १ र २ मा केन्द्रीत ढल व्यवस्थापनका लागि सरकारले विनियोजन गरेको ३३ करोड रुपैयाँ सहितको परियोजना सन्चालन गर्ने  भएको छ ।

खानेपानी मन्त्रालयको ढल निकास विभागले परियोजना प्रदान गरेको अवस्थामा नगरपालिकाको समेत सहकार्यमा काम अघि बढ्ने नगर प्रमुख दिलीपकुमार राईले वताउनु भयो ।

पथरी खानेपानी तथा सरसफाई कार्यालयले  मंगलबार गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कुल रकममध्ये विभागले तोकेको १५ प्रतिशत रकम नगरपालिकाले व्यवस्थापन गरेर परियोजना सञ्चालनमा ल्याइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।उहाँले यस अघिको कार्यपालिका बैठकले ढल व्यवस्थापन परियोजनामा सहकार्य गर्ने निर्णय गरिसकेको बताउनुभयो  ।

शौचालयको मलमुत्रलाई छुट्टै ढल निर्माण गरी पथरीशनिश्चरे २ मा पुर्याएर त्यहाँ खडा हुने प्रशोधन कारखानाबाट प्रशोधित गरेर मल, विजुली, ग्याँस समेत निर्माण गर्न सकिने खानेपानी डिभिजन कार्यालय मोरङका प्रमुख राजेन्द्र न्यौपानेले वताउनु भयो ।(हिमशिखर  टीभीको सहयोगमा)

3,046 total views, 2 views today

तपाईको प्रतिक्रिया