दिपेन्द्र यादव,सुनसरी । आफन्त  तथा नाता गोताको बिहे, बर्तबन्ध, श्राद लगायत सार्वजनिक काममा भरियाले दही, चामल, केरा, स्याउ लिएर सम्बन्धितको घरमा भार लिएर आउने मधेसी समुदायमा प्रचलित संंस्कार लोप हुन थालेको  छ ।

भार भन्नाले आफ्नो नाता गोतामा हुने विवाह, श्राद्ध लगायतको खुशियाली भोजमा सहयोगको भावनाले ल्याएको उपहार हाे  । तर पछिल्लो समय रोजगारीको खोजीमा युवाहरु खाडी मुलुक लगायतका अन्य देशहरुमा बैदेशिक रोजगारीमा गएका कारण भारको सट्टा पैसा नै सहयोग गर्न थालेपछि भार लोपन्मुख अवस्थामा पुगेको कप्तानगञ्जका स्थानिय श्रीधर यादवले बताए ।

स्थानिय यादवका अनुसार एक दशक अघि मधेशी समुदायबाट न्युन संख्यामा बैदेशिक रोजगारमा मलेशिया, साउदी अरब, कतार, बहराइन, कुबेत लगायतका मुलुकहरुमा युवाहरु बिदेशिएपछि भार लोप भएको बताए ।

भार मधेशी समुदायको यादव, मेहता, साह, शर्मा, हलुवाई, चमार, डोम, मुस्लिम लगायतका अन्य जातहरुमा भार प्रचलित रहेको थियो ।

अर्कोतिर मधेशी समुदायमा अहिलेसम्म दहेज प्रथा कयमै  छ ।

दहेज प्रथालाई न्यूनिकरण गर्न विभिन्न समाजिक संस्थाहरु लगेपनि सफल हुन सकेको छैन । दहेज प्रथालाई न्यूनिकरण गर्न लागेका संघ, संस्थाहरु कागज मिलाएर पैसा मात्र खाने गरेको गुनासोहरु दिनप्रति दिन बढ्दै गएका छन ।

1,333 total views, 8 views today

तपाईको प्रतिक्रिया