दिपेन्द्र यादव, सुनसरी  । सुुुनसरीमा प्रहरी प्रमुख विहिन बनेको झण्डैँ ४ महिना बित्न लाग्दा गृह मन्त्रालयले बल्ल प्रहरी उपरीक्षकलाई काज सरुवा गरी पठाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टगांलमा कार्यरक्त प्रहरी उपरीक्षक राजन अधिकारीलाई सुनसरीमा सरुवा गरीएको हो ।

झण्डैँ ४ महिना अगाडी सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझी इटहरीमा भएको सामूहिक बलात्कार घटना प्रहरी कार्यालयभित्रै गुपचुप मिलापत्र गराएको प्रकरणमा निलम्बित भएका थिए ।

सुनसरीको इटहरी–२० मा बस्दै आएकी १४ वर्षीया किशोरीमाथि गत पुस महिनाको १६ गते वडा नम्बर २ हलगढास्थित रोयल रिसोर्टमा सामूहिक बलात्कार भएको घटनामा एसपी माझी निलम्बित भएका थिए ।

3,687 total views, 2 views today

तपाईको प्रतिक्रिया