कृष्ण प्रसाद पहाडी / एकाएक चर्चित गीतहरु पस्कदै र आम दर्शक श्रोताहरुमाझ लोकप्रियता कमाउन सफल लोक गायनमा अब्बल गायिका भुमिका  गिरीको अर्को गीत मायाकै पिरलो सार्वजनिक भएको छ ।

सो गीतको म्युजिक भिडियोमा रामजी खाणले दमदार अभिनय गरेका छन् ।उनलाई साथ भने रश्मी तामाङले  दिएकी छिन् ।

नाम जस्तै काम, नेपाली लोक तथा गीत संगीतको क्षेत्रमा यो अनुपम उपहार गिरिको ‘मायाकै पिरलो’ मा गायिका  गिरी र भागिरथ चलाउनेको आबाज सुन्न सकिन्छ । ‘गोरखपुरको सलाई’को अपार सफलता पछि उनलेे  ‘मायाकै पिरलो’ सार्बजनिक गरेकी हुन् ।

चर्चित सर्जक खेम सेन्चुरीको लय रहेको गीतमा नेत्र अर्यालको शब्दलाई टपक्क टिपेर गाउने उनले गायक भागिरथ चलाउनेको साथ पाएकी छिन् । निकै पृथक रुपमा गित गाउन सक्ने र प्रशंसा लायककी गायिका भुमिका आफ्नो आवाज मार्फत लाखौं लोक गीत संगीत पारखीको मनमा बास बस्न सफल छिन् ।

उक्त गीतलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् भने राजेश घिमेरेले छांयाङकन गरेका हुन् ।म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन्  । उक्त गीत भूमिका गिरीको आफ्नै यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

नेपाली लोक गीत संगीतका धरोहर बनिसकेकी गायिका  गिरी लामो समयदेखि लोक गीतको स्वर विधामा सक्रिय छिन् ।

भिडियो

2,780 total views, 26 views today

तपाईको प्रतिक्रिया