रियादस्थित नेपाली दूतावासले उमेशको जीवनरक्षाका लागि अदालतसमक्ष पुन: पुनरावेदन गर्ने तयारी गरेको छ । ‘अदालतले आफ्नो फैसला चित्त नबुझेमा पुनरावेदन गर्न ४८ दिनको समयसीमा तोकेको छ,’ प्रथम सचिब बिजय कुमार राउतले भने उमेश यादव र फैसला गर्ने न्यायाधीशलाई भेटेर आएका छौँ ।

नेपाल दूतावासले उमेशलाई बचाउन को लागि हर सम्भब प्रयास गर्ने राउतले बताए ।  मृतक  पाकिस्तानी परिवारबाट  आदलतमा ब्लडमनि र आम माफीको कुरा पनि नआएको  राउतले जानकारी दिए  ।

 बिन लादेन कम्पनीमा कार्यरत दुवैजना ह्युम पाइप निर्माणको काम गर्थे ।३ जुलाई २००७ मा  पाकिस्तानी सहकर्मी बसिरको हत्या भएको थियो  । हत्याबारे फैसलामा लेखिएको विवरण र उमेशको भनाइ फरक–फरक रहेको प्रथम सचिब बिजय  कुमार राउतले जानकारी दिए ।
फैसलामा आर्थिक लेनदेनको विषयमा सुतिरहेका बेला रडले हानेर बसिरको हत्या गरेको उल्लेख छ । उमेशले भने कार्यस्थलमा झगडा हुँदा मृत्यु भएको बताउँदै आएका छन् । घटना लगत्तै भागेका यादव  नेपाल पैसा पठाउने बेला बैंकबाट पक्राउ परेका थिए । फैसला गर्ने पुनरावेदन अदालतका न्यायाधीशले नियतवश हत्या गरेको भन्दै माफी दिन नसकिएको बताएका छन् ।

‘आर्थिक लेनदेनमा कुरा नमिल्दा हत्या गरेको उनीसँग भएको १२ हजार साउदी रियल पनि लिएर गएको देखिन्छ । जानीबुझी र नियतवश भएको देखिएकोले यो सरिया कानुनअनुसार ठूलो अपराध हो,’ न्यायाधीशको भनाइ उद्धृत गर्दै नेपाल दूतावास का प्रथम सचिब बिजय कुमार राउतले जानकारी दिए ।यादव धनुषाको माची झिटकैया–४ तथा हाल कमला नगरपालिका–३ बस्ने आमा कुमारी देवी र बुबा भोला यादवका साइला सन्तान हुन् । गरिबीबाट मुक्त हुन विदेशिएका उमेशले साउदीको बिन लादेन कम्पनीमा छ महिना मात्रै काम गरेका थिए । ( NA Media को सहयोगमा)

5,234 total views, 6 views today

तपाईको प्रतिक्रिया