दाङ । दाङकी एक महिलाले अाफुलाइ बलात्कार गर्न खोज्नेेेे मानिसलाई लिङ्गमा लात्तीले हानेर मारिदिएकी छिन् ।

दाङ तुलसीपुरका रोबरबहादुर खत्रीले बलात्कारको प्रयास गरेपछि महिलाले प्रतिवाद गर्दा  अन्डकोषमा लात्तीले लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । वैशाख ९ गते राति डेढ बजे तिर पसलमा गुट्खा किन्न भनी आएको खत्री तिर्खा लागेको बाहनामा महिलाको कोठामा गएर बलात्कार प्रयास गरेका थिए ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका डीएसपी प्रकाश सापकोटाले राति सामान किन्ने बाहना बनाएर पसलमा गएको र पानी खाने भनेर कोठामा प्रवेश गरेर जबर्जस्ती करणी गर्न खोजेपछि महिलाले संवेदनशील अंगमा लात्तीले हान्दा मृत्यु भएको बताए  ।

मृतकका परिवारले भने खत्रीको हत्या भएको भन्दै जाहेरी दिएपछि प्रहरीले महिलालाई हिरासतमा लिएको बताइएको छ । (news24 को सहयोगमा)

3,773 total views, 3 views today

तपाईको प्रतिक्रिया