इटहरी । सुनसरीको प्रकासपुरमा रहेको प्रकासपुर डोबर इंगलीस एकेडेमीमा कक्षा ९ मा अध्ययनरत १७ वर्षिया किशोरी कल्पना कविरथ नेपालकै होची भएको दावी गरिएको छ ।

बराहक्षेत्र ९ प्रकासपुरको जुँगेचौक स्थायी घर भएकी अल्पसंख्यक कविरथ समुदायकी किशोरी कल्पनाको उचाई २९ इन्च मात्र छ  ।

कल्पना अध्ययनरत विद्यालयका शिक्षक तथा उनका आफन्त लक्ष्मण कविरथले उनको उचाई २९ इन्च मात्र रहेको वताए ।  आफ्नो  पढ्ने रहरका कारण असहजताका बाबजुद पढाईलाई निरन्तरता दिदै आएको    होची कल्पनाले बताइन् ।

सामान्य परिवारमा जन्मिएकी कल्पनाका परिवारका अरु भने सामान्य उचाईका छन् । कल्पनाका बावु दिपक रोजगारीका लागि विगत १५ वर्ष देखि कतारमा छन् । आफुले प्रत्येक चार महिनामा २ हजार ४ सय रुपैयाँ भन्दा वढी राज्यको तर्फबाट सहयोग नपाएको कल्पनाले वताइन् ।

पढ्ने इच्छा भएको कारण विद्यालय आउन सहयोगी लिएर साईकलमा आउने गरेको उनले वताइन । पढाईमा अब्वल रहेकी कल्पना होचो कद र परिवार सामान्य रहेको कारण विद्यालयले उनलाई निशुल्क रुपमा पढाई रहेको विद्यालयका निर्देशक रविन घिमीरेले जानकारी दिए ।

सहयोगी विना विद्यालयसम्म आउन समेत कठीनाई हुने कल्पनालाई राज्यले समेत सहयोग गरेर हौसला प्रदान गर्नुपर्ने घिमिरेको तर्क छ ।- (इनरुवा अनलाइनको सहयोगमा)

4,157 total views, 6 views today

तपाईको प्रतिक्रिया